बाँकेमा अवैध तरिकाले सञ्चालनमा रहेका क्रशर उद्योगहरुको विद्युतीय लाईन काटिदै

कार्तिक:२९
बाँके : बाँके जिल्लामा अवैध तरिकाले सञ्चालनमा रहेका क्रशरहरुको यहि मंसिर १० गते देखि विद्युतीय लाई काटिने भएको कुरा जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीबास्तवले जानकारी गराउनु भएको छ |

बर्षौ देखि बाँके जिल्ला लगायत राप्तीसोनारी गाउँपालिकामा राज्यको मापदण्ड बिपरित सञ्चालमा धेरै क्रशर उद्योगहरु रहेका छन | भने पटकपटक स्थानीयले समेत तेसको बिरोध गर्दै आइरहेका छन | खोलाको छेउछाउ घना जंगल बाक्लो बस्तीमा क्रशर उद्योगहरु रहेको हुँदा अवैध तरिकाले नदिजन्य पदार्थहरु उत्खनन गर्दा बस्ती वन जंगललाई समेत असार परेको पाइन्छ |

उक्तकुरालाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय  प्रमुख , जिल्ला समन्वय समिति सशस्त्र प्रहरीबलका एसपी  जिल्ला प्रहरी कार्यालय प्रमुख गाउँपालिका अध्यक्ष लगायतको बैठकबाट यहि आउने मंसिर १० गते लाईन काट्ने कुराको जानकारी गराउनु भएको छ |

जिल्ला समन्वय समितिले तत्कालै विद्युतीय लाइन काट्न तयार भएपनी सिडियो ज्युबाट आफू तत्काललै आएको हुँदा कुनै पनि कुराको जानकारी नरहेकोले एक महिन समय थप गरिएको कुरा पनि समन्वय समितीका अध्यक्ष अजय श्रीबास्तवले जानकारी दिनुभएको छ |

प्रकाशित: