मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट

कार्तिक:३०
बाँके: मुगुको सदरमुकाममा भीषण आगलागी भएको छ । गमगडिको आगलागीमा २१ वटा घर जलेर पूर्ण नष्ट भएका छन । आगो नियन्त्रण गर्ने क्रममा एउटा कच्ची घर भत्काइएको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका गोरख मल्लको एउटा कच्ची घर भत्काइएको हाे ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको हो। सुरक्षाकर्मीहरु स्थानीयहरुको सहयोगमा बिहान साढे ४ बजे आगो केही नियन्त्रणमा आएको छ | साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ | आगलागीमा मानवीय क्षति नभएको र क्षतिको पूर्ण विवरण आउन बाकी रहेको जानकारी आएको छ  ।

प्रकाशित: