मंसिर:१
बाँके: नेपालगन्ज उ.प.म नगरपालिका वडा नम्बर २ न्युरोड स्थित बौद्ध गुम्बा नजिकै रहेको पुर्ण बहादुर केसिको तीन तल्ला घरबाट खसेर बर्ष २० कि सुस्मिता बिक भन्ने करुणा बिकको गए राती ९ बजेर १५ मिनेटको आसपासमा मृत्यु भएको हो |
वडा नम्बर २ मै घर भएका दल बहादुर बिकको छोरी हालसम्म घर कुरुवाकोरुपमा रहिआएको र घटना भएको दिन घरमा कोही नभएको जिल्ला प्रहरी स्रोतले जानकारी गराएको छ |
घरभेटी पुर्ण बहादुर केसि नेपाल प्रहरीको जागीरबाट रिटाएर भै रोजगारीका लागि बिदेशमा रहदै आएको र केसीको श्रीमती तिहारभन्दा अगाडिबाट नै माइतीघर दाङमा रहेको कुरा प्रहरी स्रोतले जानकारी गराएको छ |
घटना स्थलमा रक्सीका २ क्वाटर भेटिएका छन | भने त्योसंगै खाने कुरामा अन्डा पनि भेटिएको छ | प्रहरीका अनुसार मदिरा सेवन गर्दै बसेको र कोइ ब्याक्तीसंग सामाजिक संजालमा च्याट गर्दै गरेको देखिन्छ भने बाहिर आइ उल्टि अथवा पिसाब गर्ने क्रममा खसेर मृत्यु हुनसक्ने र बाकी कुरामा अनुसन्धान भैरहेको प्रहरी स्रोतले बताएको छ |