बाँकेको राप्तीसोनारी गाउँपालिकाको एउटा सरकारी स्कुलको कम्पाउण्ड भित्र नै निजी स्कुल सञ्चानमा

पुस:१७
बाँके: राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेको सरकारी स्कुल भित्रनै खाली जमिनमा निजि स्कुल सञ्चाल गरिएको छ |

https://www.videosprofitnetwork.com/watch.xml?key=1e3c414dedb3a9b04ae510bab5d63ba0

वडा नम्बर ३ भगौतिपुर निवासी किसन थारुले केही समय देखि श्री.सरस्वती मा.वि. को कम्पाउण्ड भित्र रहेको खाली जमिनमा संरचना निर्माण गरि पावर र पहुँचको भरमा ब्राइट स्काई बोर्डिङ स्कुल चलाउदै आएकाछन | भने २०७८ मंसिर मसान्तसम्म आफ्नो भवन निर्माण गरि आफुले चलाउदै आएको स्कुललाई आफ्नै निजि भवनमा सार्ने सम्झौता गरेको प्रमाणमा उल्लेख गरिएको छ |

नियमको कुरा गर्ने हो र यदि कसैले पनि निजि स्कुल खोल्नुपर्ने अथवा सञ्चालन गर्नुपर्ने भयो भने सरकारी स्कुलबाट कम्तीमा पनि ५०० मिटरको दुरि कायम गर्नु पर्ने राज्यको नियममा रहेको छ |

अर्को तिर श्री. सरस्वती मा.वि. को सम्झौता पत्रमा भने बिधालयले कुनै पनि निजि बिधालय अथवा प्रयोजनका लागि दिन नमिल्ने रहेको हुँदा उक्त जमिन छिटो खाली गरिदिन एर्को सम्झौता पत्रमा उल्लेख गरेको छ |

मासिक रू १०,००० रूपैयाका दरले दिएको खाली जमिनको सम्झौता पत्र भने खाली रजिस्टरको पानामा मात्र सिमित रहेको देखिन्छ |

यसरी सरकारी जमिनलाई आफ्नो ससुरालीबाट दाइजोमा मिलेको सम्पत्तिझै गरि स्कुलको समिति र कर्मचारीहरुको मिलोमतोमा उक्त भाडाको रकम झ्वाम परेको स्थानीयले गुनासो गरेकाछन |

गाउँघारका सोझासाझा जनतालाई भ्रम छर्दै राज्यको सम्पत्तिमा हालीमुहाली गर्दौ आएकाछन भने एकदुई पटक स्थानीयहरुले सबै पैसाको चलखेल छ भन्ने थाहा पाएपछि | हाल जमिन खाली गराउन स्कुल समिति र कर्मचारीहरुलाई हाम्यहाम्य परेको छ |

प्रकाशित: