पुस:२९
बाँके: माघी पर्वलाई लक्षित गरेर राप्तीसोनारी वडा नम्बर ३ स्थित भुरव भवानी मेलाको भोलि ३० गते भब्यउद्घाटन गाउँपलिकाले दियो अनुमति |
यतिबेला कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ भने पछिल्लो २४ घन्टामा थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनामा पिसिआर र चार हजार तीन ८५ जनामा एन्टिजेन गरी १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। संक्रमणका कारण २४ घन्टामा थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो अवस्थामा मेला महोत्सव अनि भिडभाड गर्नु आम-नागरिकहरुकालागी अत्तिनै जोखिम पुर्ण अवस्था रहेको हुँदा हुँदै पनि जिल्ला प्रशासनले मेला महोत्सवका लागि अनुमति दिनु के उचित होला ? यो जोखिमपुर्ण अवस्थामा राज्यले स्कुल कलेज बन्द गर्ने निर्णय गरिरहदा राप्तीसोनारी गाउँपालिकाले भने माघी मेलाकागाली अनुमतिनै दिएको जानकारी आइरहदा उक्त मेलामा खुल्लेआम जाडराक्सी बिक्रीवितरण लगायत जुवातास जस्ता गतिविधिले यो जोखिमपुर्ण घडीमा झनभन्दा त्यसैठाउमा हुने ठूलो भिडभाडले आमनागरिकहरुकालागि ठूलो चुनौती समेत निमत्याने बताएकाछन |

यो जोखिमपुर्ण अवस्थामा पनि मेलाको रौंनक बढाउनकालागि तामझामकासाथ विभिन्न स्टलहरुको तयारीमा तिब्ररुपमा तयार गर्दै गरेको दृश्य देख्नसकिन्छ| अहिलेको अवस्थालाई हेरेर गाउँपालिकाले नयाँ भिरिअन्ट ओमिक्रनको सङ्क्रमनलाई कसरी रोकथाम गर्नसकिन्छ भन्नेमा ध्यान नदिएर मेला महोत्सवलागि अनुमानि दिदैगर्दा यसले मेलालाई मरुभूमिमा परिणत गर्नखोजेको त हैन? भन्ने चिन्ता र चासोको बिषय बन्दै गएको छ |
राज्यका विभिन्नठाउँ लगायत बाँके जिल्लाको नेपालगन्जमा पनि उद्योग बाणिज्यसंघले यहि माघ १६ गते लगाउने भनेको ब्यापार मेला समेत स्थगित गरिएको छ| भने अन्यठाउका मेला ब्यापारी लगायत ठेकेदारसमेतले लाखौंको घाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ | भने विद्यार्थीहरुको पठनपाठनसमेत ठप्प भएकोबेला राप्तीसोनारिमा मेला महोत्सवलाई बढवादिने यो कस्तो प्रशासन ? भन्नेमा समेत प्रश्न चिन्न लागेको छ | समयमा नै संबंधित निकायको ध्यान जनजरुरी छ | हैन भने यो परिस्थितिबाट हुने भवितव्यको जिम्मेवारको हुने ? समयमा सरोकारवाला निकायले जवाफ दिन जरुरी छ | यो बिषयको टुंगो नलागेसम्म अन्त्यतक हाम्रो कलम चलिनै रहने छ |