माघ:१
बाँके: राप्तीसोनारी गाउँपालिकाको भुवर भवानी मेलामा आज देखीएको यो दृश्य जोलन्त उदाहरण मात्र हो |
नेपालमा कोरोना सङ्क्रमन दर निरन्तर बढिरहेको यो तथ्य सबैलाई जानकारी भएकै कुरा हो यतिमात्र नभई सरकारले सार्बजनिक ठाउँमा भिडभाड नगर्नु भनेर आदेश समेत दिएको छ |
तर पनि राप्तीसोनारी गाउँपालिकाले भने खुल्लेआम मेला महोत्सव लगाइरहदा बाँके प्रशासन मौन छ |आखिर यसको पछाडीको रहस्य के हुन सक्छ त हामीले केहि स्थानीयसंग गुनासो लिदा प्रशासनले मोटो रकम खाएको हुनसक्ने बताउँछन् स्कुल कलेज बन्द गराएर मेला महोत्सवमा जाडरक्सीका स्टलहरु खुल्ला राख्न दिनुमा प्रशासनकै ठूलो हात हुनुपर्छ भन्दैछन स्थानीयहरु ! के यसमा प्रशासनको मिलोमतो होला त ?

जिल्ला प्रशासनले भन्छ हामिले अनुमति नै दिएका छैनौं तर पनि संखाको बिषय कहाँ छ भन्दा मेला महोत्सव र भिडभाड नगर्ने नोटिस निकालेको जिल्ला प्रशासनले राज्यको नियम बिपरित यति ठूलो महोत्सव चलिरहदा बन्द गराउन नसक्नुमा केहि कनेक्टिङ त हुनैपर्छ भन्दै स्थानीयले गुनासो गरेकाछन |
यतिखेर कोरोना सङ्क्रमनदर उकालो लागिरहेको बेलामा यस्तो भिडभाड हुनुलाई प्रशासनले कसरी हेरेको छ ? यदि गृहमन्त्रालको निर्देशन हेर्ने हो भने जिल्लामा कोरोनाको बस्तु स्थिति हेरफेर गरि आवश्यक कदम चाल्न भनिएको छ | भने अहिलेलाई २५ जनाभन्दा बढिभेला हुन नदिन जिल्ला प्रशासनलाई पत्र समेत पठाएको छ | मेला लाग्ने स्थान वडा नम्बर ३ का वडा अध्यक्षले समेत मेलाकालागी आफुले असहमति जनाएको बताएकाछन |
स्थानीयका अनुसार मेलामा धेरै जस्तो भारतीय नागरिकहरु आउने गरेकाछन | खुल्ला सिमानाका भएकै कारण जोकोही पनि सजिलै नेपाल प्रवेश गर्न सकिने रहेको हुँदा यस्तो महामारीमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले मेला लगाउने अनुमति दिदै गर्दा आम नागरिकहरुको जिवनसंग खेलवाड गरेको समेत स्थानीयले बताएकाछन आखिर यसको जिम्मेवार को त ? अब आउने चुनावमा जनताको पावर के हो हामी देखाउछौ भन्दै जनताको आक्रोश!