बैशाख:२४
बाँके:- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोट दिने भनेको हात काटेर दिनु बराबर रहेको बताउनुभएको छ। चुनावी सभालाई सम्बोधन गर्न नेपालगन्ज आएका लिङ्गदेनले यहीँ ३० गते हुने निर्वाचनमा मतदान गर्नु भन्दा आगाडी जनताले कसलाई मतदान गर्ने कस्तो ब्यक्तिलाई मतदान गर्ने भन्नेमा गम्भीर भएर सोच्न जरुरी रहेको बताउनुभयो।
पाँच बर्ष अगाडि जनताले राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवारलाई नेपालगन्जको प्रमुख पदमा जिताउनुभयो आज धवल शमशेर राणाले नेपालगन्जलाई बिकासको क्रममा अन्य नगरभन्दा पाँच बर्ष अगाडि लगेको हुँदा भोट भन्ने कुरा कुनै धर्मको आधारमा दिने ब्यक्तिगतको आधारमा दिने अथवा बाजे बाउ लागेको पार्टी भनेको आधारमा दिने होइन यो हामीले दिने भोट् नै हाम्रो भबिस्यको निर्धारक रहेको बताउनुभयो।
हाम्रो भबिस्य कस्तो बनाउने भन्ने कुरासंग सम्बन्धि रहेको हुँदा यो भोट भनेको हाम्रो बेरोजगारीको अन्त्य हाम्रो गरिबीको अन्त्य हाम्रो अ-विकसिताको अन्त्य रहेको हुँदा यो अन्त्य कुनै भगवान आएर गर्दिने होइन हाम्रो गरिबी हाम्रो बेरोजगारी र हाम्रो अ-विकसिताको अन्त्यको विकल्प यो भोट कसैले हात काटेर दिने जस्तो कुरा रहेको बताउनुभयो।
आजकल दिनमा हजारौं पटक अतिरिक्त नमस्कार पाइराख्नु भएको छ। हिजो अस्ति बोल्नु सम्म न बोल्ने मान्छेले नमस्कार ठोक्नु सम्म ठोक्ने गरेको र अपरिचित ब्यक्तिबाट समेत नमस्कार आइरहन्छन् तर तपाइँ जब भित्र छिर्नुहुन्छ झ्याप्प छाप हान्नु हुन्छ तपाइँलाई नमस्कार गर्नेहरु कुन ठाउँ हुन्छन त्यो पनि थाहा नहुने हुँदा राम्रो मान्छेलाई भोट गर्न आग्रह गर्नुभएको छ।
जनता मालिक हुने दिन भनेको जुन दिन एक हातमा मतपत्र र स्वस्तिक छाप हुन्छ त्यो दिन मात्र जनता मालिक हुने गरेको हुँदा त्यो दिन जनताले भुइँको मान्छेलाई माथी पुर्याउन सक्ने र माथी छु सबैभन्दा म माथी छु म भन्दा माथी अर्को कोइ छैन भन्ने र फुइलाउने मान्छेलाई जनताले धुलो चटाउन सक्ने दिन त्यहीँ एक दिन रहेको बताउनुभयो।
यदि जनताले हात काटेर दिनै पर्ने अवस्था आयो भने राम्रो मान्छेलाई त्यो हात आफुले चलाउने हात भन्दा राम्रोसँग चलाउने ब्यक्तिलाई दिनुहोस् आफुलाई परेको बेला मद्दत गर्नेलाई भोट दिन आग्रह गर्नुभएको छ।
यत्रो वर्षसम्म शासन गर्दा पनि ठूला पार्टीले देश विकास गर्न नसकेकाले अब उनीहरुलाई दण्डित गर्नु पर्ने बताउनु भएको छ ।
राप्रपा पार्टीले नेपालगञ्जमा आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले यो पटक भोट नदिएर ठूला पार्टी र नेतालाई दण्डित गर्न आग्रह गर्नुभयो । ‘ठूला पार्टी र नेतालाई सुधार्न उनीहरुलाई हराउनु पर्छ भन्दै जनतामाझ आग्रह गर्नुभएको हो।
त्यसका लागि राप्रपामा भोट हाल्नुस्, उनीहरुको बाकस रित्तो बनाउनुस अध्यक्ष लिङ्देनले भन्नुभयो हारेपछि कि त सुध्रिन्छन् या त राजनीतिक मैदान छोडेर जान्छन् अध्यक्ष लिङ्देनले गठबन्धनले जितेमा देश लडाई झगडामा फस्ने चेतावनी दिनुभएको छ।स्वार्थका लागि गठबन्धन गरिएको बताउनुभयो।
जितिहालेमा कसको एजेन्डा लागु गर्छन अध्यक्ष लिङ्देनले भन्नुभयो गठबन्धनले जितेमा लडाई झगडा मात्र हुने भएकाले सोचेर मात्र निर्वाचनमा भोट हाल्न आग्रह गर्नुभएको छ।