बैशाख:२४
बाँके:- नेपालगन्ज त्रिभुवन चोकमा रहेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार नन्दलाल वैश्यले आफू हिजो पनि नगरको चौकिदार रहेको र भोलिका दिनमा पनि चौकिदार नै रहने बताउनुभयो।
राप्रपाबाट नेपालगञ्जका मेयर उम्मेदवार नन्दलाल बैश्यले आफू शासन गर्न नभई सेवा गर्नका लागि मेयर हुन खोजेको बताउनुभयो । उहाँले आफूले मेयर जितेमा भ्रष्टाचार नगर्ने घोषण गर्नुभयो ।
वैश्यले भ्रष्टाचार नगर्ने भनी आफ्नी ममतामहि आमा सौभाग्यवती वैश्यलाई उक्त कार्यक्रमको स्टेजमै बोलाएर कसम समेत खानुभएको हो। मैले जिते भने भ्रष्टाचार गर्दिन, बैश्यले भन्नुभयो ।राप्रपा उम्मेदवार बैश्यले नेपालगञ्जलाई कर्णालीमा मिसाउन चाहेको बताउनुभयो ।