नेपालगन्जमा महोत्सवको आयोजना कसले गर्‍यो महोत्सवमा हुने नयाँ चिज के हो?

पुष:-१५ नेपालगन्ज (बाँके)
बाँकेको नेपालगन्जमा प्रादेश स्तरिय लघु घरेलु,कृषि, पर्यटन महोत्सव यहीँ २०७९ हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा.लि. बाँकेको संयुक्त आयोजनामा नेपालगन्जमा प्रदेश स्तरिय नेपालगन्ज व्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको हो।

“समृद नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन तथा रोजगारको पुर्वाधार” भन्ने मुल नाराका साथ महोत्स माघ १० गते देखि २४ गतेसम्म चल्ने आयोजकले नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरेर जनाएको छ ।

विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छ ।

महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैया टिकट दर राखिएको छ । महोत्सवमा ३०० स्टल रहने छ । जसभित्र थारु होमस्टे थारु गाउँ पनि रहने आयोजकले जनाएको छ ।

साथै महोत्सवभित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने छ । खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने र १४ दिने महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित: