भेरीका बेड भरीभराउ, कर्मचारीको व्यवहारबाट बिरामीलाई सास्ती

बैशाख ८ नेपालगन्ज (बाँके)

बाँकेको नेपालगञ्ज स्थित रहेको भेरी अस्पतालमा गैरजिम्मेवारीपूर्ण तरिकाका साथ त्यँहा कार्यरत कर्मचारी विरामी माथि नै धाकपुर्ण हर्कत गर्दै खनिएको पाईको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=1e3c414dedb3a9b04ae510bab5d63ba0

गर्मी सुरु भए संगै बिरामीहरुको चाप बडेको छ, यति बेला नेपालगञ्ज स्थित भेरी अस्पतालमा रहेका बेड विरामीहरुबाट खचाखच भरिएका छन । यस वर्ष गर्मीले आफ्नो सिमा नाघिरहेको छ । अधिक गर्मीका कारण यतिबेला बिरामीको संख्यामा उकालो लाग्दै गएको छ ।

भेरी अस्पतालमा नेपालगञ्जका बिरामी मात्र नभई लुम्बिनी प्रदेश सहित कर्णाली, सुदुपश्चिम प्रदेशबाट समेत सेवा लिन आउने गरेका छन ।

यस्तै सल्यान घर भई सेवा लिन भेरी अस्पताल पुगेकी भिमा घर्तीले आफु माथि अस्पताल कर्मचारीले धाकपुर्ण शब्दमा बिरामी यहाँ किन ? ल्याएको प्रश्न गरेको गुनासो पोखेकी छन । नेपालगञ्जको कोरियनपुर बस्दै आएकी ४५ वर्षीय घर्तीकी भदैनीकहाँ काम विषेशले भेट्ना आएको बेला पेटको दुखाईले च्यापेपछि स्वास्थ्य सेवा लिन भेरीमा पुगेकी थिइन । गत सोमबार बिहान खाना खाएपछि उनको एक्कासी पेट दुखाई शुरु भएको थियो ।

फूपू छटपटिएको देख्दा आत्तिदै भेरीको इमर्जेसीमा लिएर जादा त्यहा कार्यरत स्वास्थ्यकर्मीले उनी माथि दुर्ववहार गरेको गुनासो गरेकी छन । उनका अनुसार इमर्जेसीको ड्युटीमा रहेकी स्वास्थ्यकर्मी मेघा मण्डलले बिरामीलाई यहाँ किन ल्याएको प्रश्न गरेकी थिइन ।

पैसाको अभावका कारण निजी अस्पतालमा उपचार गराउन नसकेपछि सरकारी अस्पतालमा सेवा लिनका लागि लगिएको भएपनि बिरामीको अत्याधिक चापका कारण बेड खाली नरहेको अस्पतालले जनाएको हो ।

पिडित भिमा घर्तीले भनिन्, ‘स्वास्थ्य, शिक्षा लगायत नागरिकले निशुल्क रहेको राज्यले व्यवस्था गरेपनि भेरीमा आउदा सेवा भन्दा यहाँ कार्यरत चिकित्सकले देखाएको व्यवहारले निकै चित्त दुखेको छ । पैसाको अभाव र पेट दुखाईको पिडा एकातिर र चिकित्सकको व्यवहारको पिडा अर्को तिर !’

यस्तैै, उनकी भदैनीले मिडियाकर्मीलाई भनिन्, ‘भेरीमा सिमित बेड भएपनि कोभिडकालमा यो भन्दा पनि भयावह रुपमा बिरामीको चाप थियो । त्यस बेला राज्यका सबै अंगको नजर भेरी माथि थियो । व्यवस्थापन भएकै कारण हामी सबै नेपालीले कोभिडलाई जितेका थियौ ।’

उनले हाम्रो मिडिया नेपाललाई थप भनिन्, ‘व्यवस्थापन गर्न सके के सम्भव छैन ? बिरामीलाई अस्पतालले उपार गर्न सकेन भन्दा पनि बिरामी अस्पतालमा पुग्दा बिरामी कै अगाडि चिकित्सकले देखाएको व्यवहारका कारण बिरामी माथि पर्ने असर र पैसाको अभाव रहेको परिवारको पिडा अरु कोहिले बुझ्न सक्दैन ।’
मिडियाकर्मीको प्रश्नलाई बिराम दिदै भनिन्, ‘भेरीमा कार्यरत स्वास्थ्यकर्मी मेघा मण्डलले बिरामीलाई यहाँ किन ल्याएको ? बेड खाली छैन, उपचार के टाउकोमा गर्ने ? भन्दै दुव््रयवहार गरेकी थिइन ।’

यता बिरामीले मिडिया संग गुहार माग्दा हाम्रो मिडिया नेपालको क्यामेरामा मेघा मण्डलले भनिन्, ‘अरु अस्पताल छैन हजुर संग ? म केही गर्न सक्दैन । बिरामी दुखी गरिब जस्तो देखिनुभएको छैन । मान्छे हेरेरै थाहा हुन्छ ।’
सेवा लिन आएका सेवाग्राहीलाई अपमानपूर्ण रुपमा उनीहरुलाई धनी गरिबको वर्गमा मुल्यांकन गरेर मात्र व्यवस्थापन गर्नु खेदजनक हो ।

यस बिषयमा अस्पतालका मेसु बद्री चापागाईलाई समेत खबरदारी गर्दा उल्टै स्वास्थ्यकर्मीले यस्तो पक्कै पनि नगरेहोलान भन्ने जवाफ दिए ।

हाम्रो मिडियाको प्रश्नलाई सम्बोधन गर्दै चापागाईले भने, ‘यहाँ सबै वर्गका बिरामी सेवा लिन आउछन । यहाँ सबैको उपचार भएको छ । हामीले हरियो बेडमा राख्छौ, पहेलो बेडमा राख्छौ, रातो बेडमा राख्छौ । सरकारले नयाँ निर्मित भवन चाडै अस्पताललाई हस्तान्त्रण गरिदिए सहज हुन्छ । हामी पनि नयाँ भवन कति बेला हस्तान्त्रण गर्ने भनेर कुरी रहकाछौं । चापका कारण कहिले काही स्वास्थ्यकर्मी पनि दवावमा आउछन ।’

यता हाम्रो मिडिया नेपालको भिडियो प्रकाशन भएपश्चात अस्पतालले एक सूचना प्रकाशन गर्दै अस्पतालको कर्मचारीको आचरण राम्रो भएन ?को जवाफ फर्काउदै स्वास्थ्यकर्मी पनि यहि समाजका सदस्य रहेको जस्तो गैरजिम्मेवारपुर्ण तरिकाको जवाफ दिएको छ ।

जबकी एक अस्पतालको कर्मचारीको आचरण निम्नलिखित गुणस्तरहरुमा हुनुपर्छ ः
१) दयालुता र समझदारी ः अस्पतालको कर्मचारीले रोगिहरुको समस्याहरु समझ्दै रोगिको दयालुता व्यक्त गर्नुपर्छ । रोगिको बोली सुन्ने र समस्याहरुको समझ्दारी गर्नुपर्छ ।
२) स्थिरता ः अस्पतालको कर्मचारीले आफ्नो कामको लागि स्थिर रहनुपर्छ । वे तीव्र रुचि, सहनशीलता र अभ्यास जस्ता गुणस्तरहरु समेत विकास गर्नुपर्छ ।
३) समन्वय ः एक अस्पतालको कर्मचारीले सम्पूणर् अस्पतालको समुदायसँग समन्वय रहनुपर्छ । अस्पतालको अन्य कर्मचारीहरु, रोगिहरु, परिवार र अन्य स्थानीय समुदायसँग सहयोग र समन्वय गर्नुपर्छ ।
४) अधिकृतता ः एक अस्पतालको कर्मचारीले सधैं अधिकृत तथा निष्पक्ष रूपमा काम गर्नुपर्छ । रोगिको गोप्यता र अधिकारको सम्मान गर्नुपर्छ ।
५) विशेषज्ञता ः एक अस्पतालको कर्मचारीले आफ्नो विशेषज्ञता विकास गर्नुपर्छ ।

भेरी अस्पतालले दिने सुविधामा बिरामीले जतिबेला पनि सुलभ मुल्यमा अस्पताल भित्रै भिडियो एक्सरे र सादा एक्सरेको व्यवस्था रहेको भएपनि केही सस्तो कमिसनको खेल र निजी क्लिनिक चलायमान राख्ने मानिसिकता बोकेका स्वास्थ्यकर्मीले गर्दा अस्पतालबाट बिरामीले पाउने सेवासविधा समेत कटौती गरेको पाइन्छ ।

राजनीतिक आडमा अस्पतालको मेसु तय गर्ने प्रवृत्तिले गर्दा गल्ती गर्ने कर्मचारीलाई न त अस्पताल प्रशासनले नै कार्वाही गरेको छ । अस्पतालले आफ्नो गल्ती स्वीकार गरेपनि गल्ती दाहोरिन नदिन कुनै आवश्यक कदम चालेको देखिदैन ।

यता मेघा मण्डल एमालेकी नेता बेबी मण्डलको छोरी रहेको खुलेको छ ।

हाम्रो मिडिया नेपालको भिडियो प्रकाशन पश्चात भेरीबाट पिडित दिपेश श्रेष्ठले भने, ‘भेरी अस्पताल नै एमालेको पकेटमा रहेछ अनि कहाँबाट देखि जनताले उपचार पाँउछन । उपचार पाउनलाई त एमालेको कार्यकर्ता हुनुपर्यो । एमालेकी नेता बेबी मण्डलको पावरमा उनको छोरीलाई भेरीमा भर्ती गरियो । बद्री चापागाँईको अत्तियारमा समेत मुद्दा रहेको हुँदा मिडियाले पर्दाफास गर्नुपर्यो ।’

यस्तै आसिक अजय महतले भने, ‘डाक्टमा यदि वास्तवमै मावता छ भने भुइमा सुकुल ओछ्याएर पनि उपचार गर्छन । गुर्नपर्ने कर्तब्य पनि हो । बेड छैन भन्दैमा फर्काउन मिल्दैन । यस्ता गैर जिम्मेवार डा.ले कमिसनको लोभमा प्राइभेट हस्पिटलमा रेफर गर्छन । यी माथि तत्काल एक्सन लिनुपर्छ ।’
यस्तै नमिता श्रेष्ठले भनिन्, ‘नेपाल गरिबको लागि होइन पावर र पहुँचवालाहरुको लागि बनेको शहर हो । मैले नि भोगिसकेको हो । यो हाम्रो देशको विडम्बना हो । कुनै पनि निकाय छैन यसलाई हेर्नको लागि !’

यस्तै अमर रावलले भने, ‘यस्तै हो नेपालमा पैसा छ त ज्यान छ पैसा छैन केही छैन । केही पाइदैन पनि ! एउटा राजा फालेर १००० राजा पाल्नै ठिक्क छ सरकारलाई जनताको स्वास्थ्य शिक्षा कसले हेरोस । संविधानमा त लिपिबद्द तरिकाले लेखेको छ स्वास्थ्य शिक्षा जनताका नैसर्गिक अधिकार हुन भनेर तर के गर्नु व्यवहारिक रुपमा त्यस्तो पाइएन विडम्बनापूणर् अवस्था छ देशको ।’

साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको करिब ३० लाख गरि जम्मा ६९ लाख जनसंख्याको प्रमुख आशा र भरोसाको केन्द्रका रुपमा रहेको भेरी अस्पताल बि.सं. १९४७ मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भएको थियो ।

त्यस पश्चात बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रशूती गृह नामाकरण भएको थियो भने बि.सं.२०२१ सम्म चलेको थियो । त्यस पश्चात बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको यस अस्पतालका लागी शुरुमा ५० बेड स्वीकृत भएको थियो ।

२०४३ सालमा सय बेड र हाल बिकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचालन भईरहेको अवस्थामा साल २०६१ भाद्र २९ च.नं. २।१९०९ को पत्रानुसार १०० शैयाबाट बृद्धि गरि २०० शैया क्षमतामा संचालन गर्न अनुमती प्राप्त भएपनि आर्थिक अभावका कारण संचालन गर्न नसकिएकोले हाल सम्म १५० शैया क्षमता मै अस्पताल संचालन भईरहेको अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ ।

देश संघिय संरचनामा गएपछि केही समय भेरी प्रादेशीक अस्पताल नामाकरण भई प्रदेश नं. अन्तर्गत राखिएको यस अस्पताललाई नेपाल सरकारको निणर्य अनुसार संघ अन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल गरिएको छ ।

प्रकाशित: