श्रवण २९ नेपालगन्ज बाँके
नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा समाबेशी प्यानल र प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई एकसाथ देखियो दुबै प्यानलले चुनावी प्रचारप्रसारलाई तिव्र प्रचारप्रसार गर्दै आएकाछन यतिबेला कतिपय मतदाताहरुले खुलेरै आफुले समर्थन गर्ने प्यानलको नाम उल्लेख गरेकाछन भने कतिपयले गोप्यरुपमा मतदान गर्ने बताउने गरेकाछन।
यो संघै अरियाल इम्पोरियम फ्यान्सीका प्रो.प्राइटर सरबेश अरियाल भन्नुहुन्छ , यो ब्यापारसंघको निर्वाचन ब्यापारीहरुको हकहितका लागि भन्दापनी राजनीतिक हिसाबले उम्मेदवारहरु आफै स्तापित हुन गरिएको दाबी गर्नुभएको छ,
अहिले चुनावको क्रममा भोट माग्नु आफ्नो स्वार्थ पूरा गर्नलाई मात्र रहेको जिकिर गर्नुभयो , बर्तमन अध्यक्ष अबदुल मन्सुरीले समेत बिगतमा यस्तै झुठो आश्वासन दिएको र ब्यापारीहरुकालागी केही पनि नगरेको गुनासो गर्नुभयो,
समाबेशी समूहका उम्मेदवारहरुले सोमबार नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा प्रजातान्त्रिक समूहले यो सानोतिनो ब्यापारसंघको निर्वाचनमा केन्द्रिय लेबलका नेताद्वारा भोट माग गरेको हुँदा व्यावसायिक हकहित भन्दापनी राजनीतिकारण भएको न्यु संकर फेन्सी पसलका प्रो.प्राइटर सन्तोष कुमार बजगाइले बताउनुभयो,
संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको समाबेशी समूहबाट अध्यक्ष पदका उम्मेदवार टंक बहादुर धामी लगायतको समूहसंग एक्लैनिका मुस्लिम व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफुहरुको भोट परिवर्तनकालागी समाबेशी प्यानललाई नै दिने बताउनुभयो ।
परिवर्तनका लागि नेतृत्व भन्दै आएको समाबेशी समूह नै धेरैको रोजाईमा देखिएको छ ।
घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधै एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब टंक बहादुर धामीको नेतृत्व हेर्न चाहेको धारणा राखेकाछन।
थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्नसक्ने नेतृत्व समाबेशी समूह भएको हुँदा हामी व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने भएको हुदा आफ्नो रोजाइमा समाबेशी प्यानल रहेको भन्दै महिला व्यबसायिककर्मीको ठुलै जमात टंक धामीको पक्षमा भोट माग्न उभिएकाछन ।
संघको निर्वाचन यही भाद्र २ गते तय भइसकेको छ भने निर्वाचन समितिले बुधबार उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरेको छ ।
वाणिज्य संघको निर्वाचनमा यो पटक समाबेशी समूहतर्फ मतदाताको लहर देखिएको छ । सबैको समान सहभागिता र सबै मुस्लिम, मदेशी, पहाडी, हिन्दु सिख, इसाइ, लगायत सवैबर्गको अटाउने नेतृत्व भनेकै समाबेश समूह रहेको पनि मतदाताहरुले बताउने गरेकाछन ।