सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको शान्तिपूर्ण धर्ना तथा बिरोध कार्यक्रम

भदौ ९,२०८०

बाँके ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी को नेतृत्वमा २०८० जेठ २० गते देखि अविछिन्न रुपमा माइतीघर मण्डला सहकारी बाट पीडित हुन पुगेको पीडितहरुको शान्तिपुर्ण धर्ना तथा विरोध कार्यक्रम संचालन भएको थियो। भदौ १८ गते बाट सहकारी मन्त्री ज्यू को सम्बोधनले ७ बुंदे सहमति सम्झौता भै उक्त कार्यक्रममा एक महिना सम्म माग पूरा हुनेगरी स्थगित गरिएको थियो।।

सम्झौता अनुसार सहकारीको तर्फ बाट समेत प्रतिनिधित गरि हाल सम्म सरकार संग वार्ता चलिरहेको थियो । सहकारीको आन्दोलनलाई र वार्ता भंग गर्न विभिन्न आवन्छीत क्रियाकलाप भएको छ। भदौ ६ गते राती यश सहकारीका पीडितहरुको बचत रकम प्राप्तिका लागी निस्वार्थ भावनाले सहयोग गर्नु भएका यश राष्ट्रिय अभियानका अध्यक्ष श्री कुशलव केसी ज्यू लाई अन्जान व्याक्तिले हो वा कसैबाट परिचालित गराई मोबाइल फोन बाट गोली हानी ज्यान मार्ने उदेश्य सहितको धम्की आएको हुदा यस्तो घटना बाट सिङ्गो राष्ट्रिय अभियानका सम्पुर्ण पीडित बचतकर्ता हरुले आफुलाई असुरक्षित महसुस गरेको र दोषिलाई कार्वाहीको माग समेत गरिएको छ।

देशभरिकै सम्पुर्ण पीडित बचतकर्ताहरुको प्राप्त सूचना अनुसार त्यस प्रकारको खेदजनक घटनालाई सरकारले दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गर्नै पर्छ र पीडितको सुरक्षा गर्नै पर्छ अन्यथा देशै भरिका पीडित बचतकर्ता हरुले सशक्त रुपमा पुनः आन्दोलन सुरु गर्ने समेत जानकारी गराएका छन् । प्रवक्ता पुरुषोकार्किले यस्ता प्रकारका घटना प्रती सम्पुर्ण पत्रकारहरुले आफ्नो समाचार र लेख बाट समेत खेद प्रकट गर्न समेत उनिहरुले आग्रह गरेका छन् ।

पत्रकार जगत भनेको राष्ट्रको चौथो अंग भएको समेत अवगत होस तथा निज पीडित श्री कुशलव केसी यस सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष मात्रै नभै पत्रकार समेत भएको हुदा सकारात्मक रुपमा सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरिएको छ। ।

प्रकाशित: