शर्मा एण्ड कम्पनीको गुणस्तरहिन कामप्रति बाँके र बर्दिया मा आलोचना

भद्र १० नेपालगन्ज

बाँकेको खजुरा हुदै बर्दियाको गुलरिया जोड्ने हुलाकी सडक खण्डमा सरकारी कर्मचारी र ठेकेदारको लापरवाहीका कारण सडक पेटि महिना दिनमै जीर्ण भएको छ।

स्थानीय लगायत सडक यात्रीहरुका अनुसार बर्षौ देखी अलपत्र बनेको सडक बल्ल तल्ल बन्दै छ, तै पनि निर्माणधिन अवस्था मै सडक पेटिले ठाउँ ठाउँमा सिमेन्ट छोडेको छ, पैसा मात्र नास भयो ।’

स्थानीय भन्छन ‘नेपालगन्ज जस्तो ब्यस्त बजार जहाँ राष्ट्रिय अनुसन्धान रहेको छ, अक्तियार रहेको छ, संचरकर्मिको बाक्लो उपस्थित रहेको ठाउँमा त यसरी भ्रष्टाचार हुन्छ भने अन्यत्र कस्तो होला विकासको अवस्था त्यस सडक भएर यात्रा गर्ने जोकोहीको नजरमा भर्खरै बनेको उक्त सडक किन यति चाँडै बिग्रियो भन्ने व्यापक चासोको विषय बनेको छ ।

स्थानीय नागरिकका अनुसार चाइनिज इट्टाको प्रयोगले गर्दा यस्तो हुन गएको बताउने गरेकाछन,

भट्टीको इट्टाभन्दा चाइनिज इट्टा ३ रुपैयाँ सस्तो हुने र चाइनिज इट्टा प्रयोग गर्दा मसला कम लाग्ने भएकोले ठेकेदारले पैसा खाएर सडकको अवस्था यस्तो भएको बताउँछन् ।

यसमा सरकारी कर्मचारीको पनि मिलेमतो छ, होइन भने ठेकेदारले मात्र चाहेर सडकको यो अवस्था हुने आम नागरिकहरुको भनाइ रहेको छ,

बाँकेका स्थानीय पालिकाले यो बिषय आफ्नो सरोकार नरहेको बताएकाछन, यो केन्द्रको बजेट रहेको हुँदा यसमा आफुहरु बोल्न नमिल्ने भन्दै पन्छिएकाछन,

वास्तवमा भन्ने हो भने शर्मा एण्ड कम्पनी होस या त अन्य कम्पनी यो सडक निर्माण हुँदै गर्दा साझ बिहान चाहिने यहाँका स्थानीयलाई होइन र यसको रेखदेख गर्ने देखी नियमन गर्ने दाइत्तो स्थानीय सरकारलाई छैन,

राज्यको २ अर्ब ८० करोड लगानी रहेको यो हुलाकी राजमार्गको अवस्था बारे आखिर कसले चासो लिने अरु त अरु स्टुमेटमा मेसिन मेट इट्टा प्रयोग गर्ने कि चिम्नी मेट प्रयोग गर्ने भन्ने कुराको समेत उल्लेख नरहेको हुँदा शर्मा एण्ड कम्पनीलाई ससुरालीले दाइजोमा दिएको ठेक्का जस्तै बनेको छ , हुलाकी सड्क खण्ड

चिम्नी इट्टा नै किन प्रयोग गर्ने भन्ने बिषयमा प्रश्न गर्दा चाइनिज ईट्टा भन्दा चिम्नी इट्टा मजबुत हने र भटटाको इट्टाको बिचमा गहिरो खल्टो भएको हुँदा मसलाको पकड मजबुत हने गरेको बुद्धिजीवीहरुको भनाइ रहेको छ,

डेकोरेसन र स्वअपका लागि भवनहरुमा प्रयोग हुने चाइनिज इट्टा खुल्ला अवस्थामा रहेको सडक अथवा नालाहरुमा प्रयोग गर्दा टिकाउ नहुने हरेक ब्यक्तिको भनाइ रहेको छ,

चाइनिज इट्टा प्रयोग गर्नुका कारण जोकोहीले पनि सहजै बाल बाउनडरी लगाउन सक्ने मिस्त्रीको नै आवश्यकता नपर्ने मसला कम खाने चाडो निर्माण सम्पन्न हुने खरिद गर्दा सस्तो पर्ने भएको हुँदा ठेकेदारको पैसा बचाउने नियत हो भन्दै नागरिकले गुनासो गर्ने गरेकाछन ,

 

प्रकाशित: