नेपालको अर्थतन्त्र सुधारको बाटोमा गइसकेको छ : अर्थमन्त्री महत

 

असोज १९,२०८०

चितवन ।नेपाल सरकारका अर्थमन्त्री डा. अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सुधारमा गइसकेको बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. महतले अर्थतन्त्र सुधारको बाटोमा गएको ठोस आधार भएको बताउनुभयो ।

‘विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको छ । पर्यटकहरूको आगमन पनि बढेको छ । रेमिट्यान्स पनि बढ्दै गएको छ । शेयर बजारमा पनि सुधार हुँदै जान्छ । अब अर्थतन्त्रमा सुधार हुँदै जान्छ ।’ उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालमा गरिएका नकारात्मक टिप्पणी र आलोचनाले  सबै क्षेत्रमा मनोबल गिरेको उहाँले बताउनु भयो । ‘अर्थतन्त्र अगाडि बढेको ठोस आधार छन् । सबै ठिक छ भनेको त्यसै भनेको छैन । सामाजिक सञ्जालमा भनेजस्तो छैन ।’ उहाँले भन्नुभयो ।

अर्थतन्त्र चलायमान बनाउन अर्थनीति र मौद्रिक नीति, ब्याजदरका विषयमा सरकारले गृहकार्य गरेको बताउनु भयो ।

प्रकाशित: