कार्तिक १७,२०८०
बाँके ।गोर्खा व्वाईजलाई ३-० ले हराउँदै चर्च व्वाईज यूनाईटेड ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
कोहलपुरस्थित तेह्र विघा मैदानमा शुक्रबार भएको खेलमा चर्च व्वाईजका खेलाडी सुशान श्रेष्ठले हाफ टाइम अघि गोल गरेर खाता खोलेका थिए । त्यसपछि विशाल बस्नेतले र आरुज सिंहले हाफ टाइम पछि १/१ गोल गर्दै टिमलाई जितए ।
आज शुक्रबारको खेलमा चर्च व्वाईजका खेलाडी विशाल बस्नेत म्यान अफ द म्याच घोषित भए । म्यान अफ दा म्याच घोषित सँगै उनलाई नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले ५ हजारको चेक हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन बीच खेल हुने आयोजक रेसिङ साहारा क्लबले जनाएको छ ।
प्रतियोगिताका विजेता टिमले ८ लाख र उपविजेताले नगद ४ लाख, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।