पुर्व सैनिक अधिकारीको त्यो हर्कत प्रहरी कार्यालयमा नै लज्जित पार्ने , प्रहरीलाईनै आरोप

कार्तिक २१,२०८०

काठमाडौं ।गत शुक्रबार प्रहरी परिसर प्रभाग गाेङ्गबुकाे कार्यालय भित्र अन्दाजी १ बजे तिर धेरै सेवाग्राहीहरु उपस्थित भैररहेको बेला नुवाकोट बागेश्वरी ७ हाल टाेखा बस्ने कर्ण बहादुर अधिकारी र निजकी श्रीमती सुभद्रा अधिकारी प्रहरी काे गेट प्रवेश गर्दै असभ्य र अश्लील भाषामा मुकुन्द थपलियालाई फाेनमा नराम्रो सँग गालि गरे।

नुवाकोट साविकको पंचकन्या गाविस हाल टाेखा बस्ने मुकुन्द थपलियाले गरेको उजुरीका आधारमा उनिहरु त्यहाँ उपस्थित भएका थिए ।गएको १४ गते थपलियाले आफुलाई अधिकारी दम्पती बाट विभिन्न खालका धम्की आइरहेकोले उक्त विषयमा छलफल लागि थपलियाले उजुरी हालेका रहेछन ।प्रहरीले दुवै पक्षलाई कार्यालयमा बाेलाएकाे थियो ,तर एक दिन एउटा पक्ष आउने अर्को दिन अर्को पक्ष नआउने भएपछि गत शुक्रबार प्रहरीले जसरी पनि दुवै पक्षलाई सहभागी गराउने तयारी गरेका रहेछन ।

उजुरीकर्ता अस्पताल गएकाले १ घण्टा ढिला प्रहरी कार्यालय उपस्थित हुने प्रहरीलाई जानकारी गराएका थिए तर त्यतिकैमा कर्ण बहादुर अधिकारीले प्रहरी कार्यालयकाे गेट भित्र पस्दै असभ्य र अश्लील भाषामा मुकुन्द थपलियालाई फाेनमा नराम्रो सँग गालि गरे ।उनको गाली सुन्नै नसकिने खालको थियो ,त्यहाँ उपस्थित महिलाहरु अधिकारीकाे भाषा सुनेर मुख छाेपे ,त्यहि बेला काम विशेषले बाहिर निस्कन थालेका कार्यालय इन्चार्ज प्रहरी निरिक्षक दिनेश गुरुङको कानमा परेका बताएका छन्।

गुरुङले अधिकारीलाई प्रहरी कार्यालयमा यस्तो असभ्य ,अश्लील शब्द बाेल्न मिल्दैन ,यसाे नबाेल्नुस् भन्दै सम्झौउदा, म पूर्व सैनिक हाे,मेरो भाषा यहि हाे ,यसरी नै बाेल्छु भन्दै फेरि उनै शब्द दाेहाेर्याएकाे प्रत्यक्षदर्शी बताउँछन् ।प्रहरी कार्यालय भित्र पनि प्रहरीकै अगाडि मुकुन्द थपलियालाई सकाइदिन्छु भन्दै जंगिए, अवस्था असामान्य बन्न थालेपछि प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा , त्यतिबेला प्रहरीलाई कर्ण बहादुर अधिकारीले धकेलेर उछिट्याए,प्रहरी माथि हातपात हुन थालेपछि प्रहरी निरिक्षक गुरुङले अधिकारीलाई समाएर सम्झाउन खाेजे,गुरुङलाई पनि अधिकारीले धकेलेपछि प्रहरी थप आक्राेशित हुदै लाठीचार्ज गरेर हिरासतमा लिएको बताउछन ।अन्दाजी १:३० बजेको समयमा उजुरीकर्ता मुकुन्द थपलिया प्रहरी कार्यालय पुगे ।

केही समयपछि प्रहरीले दुवै पक्षलाई छलफल गरायो ,अघि मनपरि बाेल्ने ,धम्काउने अधिकारी निजकी श्रीमती सुभद्रा अधिकारी र उजुरीकर्ता मुकुन्द थपलिया बिच आगामी दिनमा मिलेर समस्या समाधान गर्ने,झगडा नगर्ने आदि बिषयमा सहमति भई त्यहाँ बाट निस्के । तर अधिकारीले शनिबार ,आइतबार र साेमबार विभिन्न अनलाइन संचार माध्यमहरुमा आफूमाथि प्रहरी निरिक्षक गुरुङले कुटपिट गरेको भन्दै समाचार प्रकाशित प्रकाशन गर्न लगाए ।कतिपय संचार माध्यमले उक्त घटनाको सन्दर्भमा प्रहरी निरिक्षक गुरुङको प्रतिक्रिया पनि समाबेश गरेर समाचारलाई सन्तुलन गरे,तर कतिपय अनलाइनले एकपक्षीय ढंगले दिनेश गुरुङमाथि नै प्रहार गरे ।

उक्त घटनामा अनावश्यक प्रहरी निरिक्षक गुरुङलाई विवादमा तान्न खाेजेकाे प्रतिक्षदर्शिहरु बताउँछन् ।म उक्त दिन त्यहि थिए,अधिकारी अराजक शैलीमा प्रस्तुत भएका थिए एक प्रत्यक्षदर्शीले बताए ।अधिकारीले साम्य भएको विषय मिडियाबाजी गरेर सहानुभूति बटुल्न खाेजेकाे आराेप समेत लगाएका छन्।सञ्चारमाध्यममा आएका समाचार भ्रामक र नियोजित भएको प्रतिक्षदर्शिहरुले भनेका छन्।

प्रकाशित: