मुख्यमन्त्री कोहलपुर गोल्डकप: दुबैले टिमले उपाधि जित्ने दावी

कार्तिक २१,२०८०

बाँके ।बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि भोली भिड्ने भएका छन् ।
बुधबार भएको पत्रकार सम्मेलन गर्दै कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा हुने त्रिभुवन आर्मी र चर्च व्वाईजका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउन आफुले जानेको अनुभव र सिपको प्रयोग गरी उपाधि हात पर्ने दावी गर्नुभएको छ।
त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको र आफ्नो टिमको कडा प्रदर्शन गर्ने बताउनुभयो । आफ्नो टिममा २ जना राष्ट्रिय खेलाडी र अन्य स्थानिय खेलाडीहरु भएकोले उपाधि हात पार्ने खवास ढुक्क छन् ।
त्रिभुवन आर्मीका कोच आदर्श मल्ले आफ्नो पहिचान नभुल्ने बताउनुभयो। ‘खेलमा रफ हुँदैन,’ उहाँले भन्नुभयो। ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ उहाँले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिनुभएको छ ।
यस्तै चर्च व्वाईजका कप्तान विकु राई पनि उपाधि लिने ढुक्क छन् । राईले आफ्नो टिममा युवा खेलाडी छन् । सबै एउटै उमेर समूहका खेलाडी छन् त्यसैले आफुले भनेजस्तो र सोचेजस्तो खेल हुने दावी गर्नुभयो ।
चर्च व्वाईज कै कोच रुविन राईले प्रतियोगिताको उपाधि लिनकै लागि भने आएको होइन तर भाग्यले दिएसम्म आफ्नो टिमले फाइनलसम्म पुर्याउनु नै ठुलो उपलब्धि रहेको बताउनुभयो । ‘अहिले सबै स्थानिय खेलाडीहरु छन् ‘बाहिरी खेलाडीहरु छैनन् ।’ अहिलेको पुरै नयाँ टिम रहेको र भविष्यमा यि टिमले नै देशकै उत्कृष्ट खेलाडि बनाउने मेरो सपना रहेको कोच राईले बताउनुभयो । राईले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिनुभएको छ ।
प्रतियोगिता सुरु भएको पाँचौ दिनमा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई (४—१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो भने प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित: