रेवती दमाईको निधनले नेपालगञ्ज शोकमा

१८ भाद्र २०८१, मंगलवार ०२:१८

१८, भाद्र २०८१

बिज्ञापन

बाँके ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क निवासी रेवती दमाईको हिजो राति आकस्मिक निधन भएको छ। २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ४ की वडा सदस्यका रूपमा निर्वाचित दमाईलाई लामो समयदेखि सुगर र प्रेसरको समस्या थियो।

बिज्ञापन

 

रेवती दमाईका आफन्तका अनुसार उहाँले नियमित रुपमा औषधि सेवन गर्दै आउनु भएको थियो। हिजो एकाएक बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उपचार गरेपछि डाक्टरले उहाँलाई घर फर्काइएको थियो, तर राति नै उहाँको आकस्मिक निधन भयो।

बिज्ञापन

 

रेवती दमाई वडा सदस्यमा निर्वाचित भएपछि जिल्ला समन्वय समिति सदस्यमा मनोनीत हुनु भएको थियो। उहाँको निधनले नेपालगञ्ज उपमहानगरपालिका विशेषगरी वडा नम्बर ४ मा शोकको लहर छाएको छ। यो खबरले सबैलाई स्तब्ध र मर्माहत बनाएको छ।

१८ भाद्र २०८१, मंगलवार ०२:१८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर