नेपालगन्ज:नेपाली नारिहरुको महान पर्व हरितालिका तिज पर्वलाई मध्यनजर गर्दै सामुदायिक सिकाई केन्द्रले एकल नृत्य तिज प्रतियोगिताको आयोजना हरेको हो।
बिज्ञापन
बिज्ञापन
बाँकेको खजुरा गाउँपालिका १ जलपोखरीमा रहेको राधापुर सामुदायिक सिकाई केन्द्रले तिजको अवसरमा आयोजना गरेको एकल तिज नृत्य प्रतियोगितामा विवाहीत र अविवाहित महिला दिदिबहिनीहरुले कार्यक्रममा सहभागीता जनाएका थिए,अविवाहित महिलाहरुको तर्फबाट ११ जनाले भाग लिएका थिए,भने विवाहित महिलाहरुका तर्फबाट १२ जनाले भाग लिएका थिए,ती मध्य पहिलो दोस्रो र तेस्रो हुने दुवैतर्फका महिला दिदिबहिनीहरु मध्य ६ जनालाई स्वर्णबाट निर्मित गहना उपहार दिएको थियो,त्यस्तै अन्य महिला दिदिबहिनीले समेत उपहार स्वरुप साडी पाएका थिए।
बिज्ञापन
उक्त कार्यक्रमको दर्शक दिर्घामा बसेर रमाइलो गर्ने २९ जना दिदिबहिनीहरुको कलाको उचित मुल्यांकन गर्दै गोला प्रथाबाट उनीहरु मध्य ३ जनाले सुनका गरगहना उपहार पाएको आयोजक सुन्दर गुरुङले जानकारी दिनुभयो,साथै ती मध्य २४ जना दिदिबहिनीहरुलाई समेत चाँदिका औंठि दिने वचन मुख्य प्रायोजक अनिल शक्यले मंचबाटै जानकारी दिनुभएको हो।
सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष समेत रहनु भएका गुरुङले कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर बिक विशिष्ट अतिथि उपप्रमुख मन्जु मल्ल लगायत सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो प्रधान गरि सम्मान गर्नुभएको थिए,शुक्रबार भएको प्रतियोगितामा शैक्षिक संघ संस्था,क्लब,समूह र ईच्छुक व्यक्ति बिशेषले सहभागिता जनाएका हुन,साथै नेपालगन्ज पुरानो सिनेमा हल नजिक रहेको शाक्य ज्वैलर्शका संचालक अनिल शाक्यले सम्पूर्ण सुनचाँदीका गरगहनाको ब्यबस्थापन गरि मुख्य प्रायोजकका रूपमा सहयोग गर्नुभएको थियो।
प्रतियोगिता कार्यक्रमका लागी सुवेदार मेजर मोहन थापा जानकी गाउँपालिका २ राधापुर घर भै हाल अमेरिका बस्ने शिवु थापा क्षेत्रीले आर्थिक सहयो गर्नुभएको छ,यस्तै फोटोग्राफरमा जलपोखरी कै स्थानीय हरि राना मगरले साथ दिनुभएको थियो।
प्रतिक्रिया दिनुहोस्