बाँकेमा महिला सहकारीद्वारा १ करोड ८१ लाख बराबरको खसीबोका बिक्री

२३ भाद्र २०८१, आईतवार १०:५८

२३, भाद्र २०८१

बिज्ञापन

बाँके ।बाँकेको राप्तीसोनारी गाउँपालिका-६, टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ८१ लाख रुपैयाँभन्दा बढीको खसीबोका बिक्री गरेको छ। सहकारीका प्रबन्धक दिव्या गुरुङका अनुसार, ३१हजार ७सय १० किलोग्राम तौल बराबरका १हजार १७ वटा खसीबोका बिक्री भएको थियो, जसबाट कुल १ करोड ८१ लाख ३ हजार ८ सय ९ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको हो।

बिज्ञापन

सहकारीले उक्त वर्षमा १हजार ३० किलोग्राम तौल बराबरका ७३ वटा ब्याड बाख्रा पनि बिक्री गरेको थियो, जसबाट थप ३ लाख ५५ हजार ३५० रुपैयाँ आम्दानी भएको गुरुङले जानकारी दिनुभयो।

यसअघि, आर्थिक वर्ष २०७९/०८० मा २५३४० किलोग्राम बराबरका ९ सय २ वटा खसीबोका बिक्री भई १ करोड ३० लाख ७५ हजार ७ सय ८ रुपैयाँको कारोबार भएको थियो।

बिज्ञापन

सहकारीले ५९ वटा समूह गठन गरी किसानहरूबाट खसीबोका तथा बाख्रा खरिद गर्दै आएको छ। साथै, खसीबोका पालनका लागि सहकारीले किसानहरूलाई ऋणसमेत उपलब्ध गराउँदै आएको छ। दसैं–तिहारको समयमा खसीबोकाको माग बढी हुने भएकाले त्यही समयमा बढी बिक्री हुने गुरुङले बताउनुभयो। सहकारीले किसानसँग ५ सय २५ रुपैयाँ प्रति किलोको दरले खसीबोका खरिद गरी १०-१५ रुपैयाँ प्रति किलो नाफामा व्यापारीलाई बिक्री गर्ने गरेको छ।

२३ भाद्र २०८१, आईतवार १०:५८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर