बाँकेमा आजदेखि फाइजर बाइभ्यालेन्ट खोप अभियान सुरु

३० भाद्र २०८१, आईतवार ०६:३८

३०, भाद्र २०८१

बिज्ञापन

बाँके ।बाँके जिल्लामा कोभिड-१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन आजदेखि औपचारिक रुपमा सुरु गरिएको छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगर अस्पतालमा खोप उपलब्ध गराइने छ। यस खोप अभियानले कोभिड-१९ को रोकथाममा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

बिज्ञापन

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले नगरभित्रका पन्ध्र वडामा खोप कार्यक्रम राखिएको जानकारी दिनुभएको छ। अन्य पालिकाहरुमा पनि खोप अभियान सञ्चालन गरिनेछ। असोज ४ गतेसम्म खोप कार्यक्रम जारी रहने छ। १२ वर्ष माथिका नागरिकहरुलाई बूस्टर डोजको रुपमा यो खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके जिल्लामा फाइजर बाइभ्यालेन्ट खोपको ३० हजार डोज प्राप्त भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो। यद्यपि, लक्षित समूहको तुलनामा खोपको मात्रा कम भए पनि यसलाई प्रभावकारी ढंगले व्यवस्थापन गरेर नागरिकहरुलाई लगाइने योजना रहेको छ।

बिज्ञापन

स्वास्थ्यकर्मीहरुका अनुसार यो खोप कोरोना भाइरसको नयाँ भेरियन्टहरुसँग लड्न प्रभावकारी रहेको छ। बाँकेमा गत वर्ष १९ जनामा कोभिड संक्रमण देखिएको थियो भने भेरी अस्पतालमा अहिले पनि कोभिडका बिरामी देखापर्ने गरेका छन्।

 

३० भाद्र २०८१, आईतवार ०६:३८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर