३, असोज २०८१ बाँके ।लुम्बिनी प्रदेशमा संविधान दिवसकाे अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरकाे मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रकाे परिक्रमा गरेकाे थियाे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री, दल नेता, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न समुदायकाे झाँक्री […]
३, असोज २०८१ बाँके । महिला अधिकार मञ्च, शाखा बाँके, २०६५ सालदेखि महिलामाथि हुने सबै खाले हिंसाविरुद्ध सक्रिय रूपमा लड्दै आएको छ। हाल मञ्चले बाँके जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्की र बाँके सरकारी वकिल कार्यालयका प्रमुख विष्णु शर्माविरुद्ध कार्यवाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेको छ। निर्मला कुर्मीको न्यायिक आन्दोलनको […]
सरला सुवेदी ३, असोज २०८१ बाँके ।राप्तीसोनारी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अजय थारुको आज बिहान उपचारकै क्रममा निधन भएको उपचारमा संलग्न चिकित्सकहरूले पुष्टि गरेका छन्। बुधबार बेलुकी करिब ५ बजेको समयमा राप्तीसोनारी-४ लठ्ठापुरस्थित नेपालगंज-अगैया हुलाकी सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। […]
३, असोज २०८१ बाँके । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिका ४ लालपुर चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा राप्तीसोनारी ४ का ३५ वर्षीय रामशरण थारु र राप्तीसोनारी ३ खैरेनीका १८ वर्षीय बसन्त थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । […]
३, असोज २०८१ काठमाडौँ।आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्किएको छ । गएराति ८ बजे मध्यपुरथिमि –५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाएर कमिनायबाट ४० किलोको भ्वयः अर्थात महादीप बोकेर खाली खुट्टाले […]
३, असोज २०८१ बाँके ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार प्रदेश सरकार आफ्ना भूमिकालाई प्रभावकारी बनाउँदै अघि बढिरहेको बताउनुभएको छ। संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्म अनुरुप प्रदेश सरकारले सुशासन, सामाजिक न्याय, र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश निर्माणमा कटिबद्ध रहेको उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले संविधानले सबै […]
२, असोज २०८१ बाँके ।शिरमा ढाका टोपी, खुट्टामा प्लास्टिकको चप्पल, र पिठ्यूमा भारी बोकेका ६० वर्षीय दिलबहादुर शाही बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका, देउखुरी आईपुग्नुभयो। सुर्खेतका बासिन्दा शाही यस पटक मुख्यमन्त्रीलाई दसैं खर्च माग्न आएका थिए, साथै आफ्नै हातले बनाएको काठको कोशी उपहारसमेत दिनुभयो। शाहीले मुख्यमन्त्रीलाई उपहार दिनुहुँदै भने, […]
२, असोज २०८१ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको बताउनुभयो । […]
२, असोज २०८१ बझाङ ।बझाङमा सेती नदीमा ट्र्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् । बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार ट्र्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र २२ वर्षका लोकेन्द्र घर्ती बेपत्ता भएका हुन् । ट्रयाक्टरमा चालकसहित पाँच जना चढेका थिए । तीन जनाले हाम फालेर ज्यान जोगाएका छन् । […]
२, असोज २०८१ वीरगन्ज। दुई किलो ९६० ग्राम चरेस सहित एक भारतीय नागरिक वीरगंजबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षिय गोपाल गिरी रहेका छन्। वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडतर्फ लागुऔषध खरिद विक्री कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गिरिलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् डीएसपी दिपक गिरिले बताए। उनले बोकेको प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखिएको लागुऔषध चरेश २ केजी ९६० ग्राम बरामद गरिएको गिरिले जानकारी दिए। पक्राउ […]