माननीय धवल शमशेर राणाद्वारा ५० हजार आर्थिक सहयोग

१८ भाद्र २०८१, मंगलवार ०८:२७

बाँके।नारी विकासलाई  माननीय धवल शमशेर राणाले  एक कार्यक्रमका बिच आफ्नो तलब भत्ताबाट पचास हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

बिज्ञापन

प्रमुख अतिथि धवल शमशेर राणाको उपस्थितिमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रशान्त बिष्ट, प्रदेश माननीय मिना श्रेष्ठ, राप्रपा पार्टीका सह महामन्त्री ऋषिराज देवकोटा, वडा नम्बर २ का वडा सदस्य सम्राट शाह लगायत अन्य नारी विकासका अध्यक्ष तथा पदाधिकारीको पनि उपस्थिति रहेको थियो।

बिज्ञापन

नारी विकासले माननीय धवल शमशेर राणाबाट प्राप्त सहयोगबाट क्षमता अभिवृद्धि तालिम सञ्चालन गरी महिलाहरूलाई सक्षम र दक्ष नागरिक बनाउने उद्देश्य राखेको छ। कार्यक्रममा बोल्दै मेयर प्रशान्त बिष्टले नेपालगन्ज नगरपालिकाले सधैं नारी विकासलाई चाहिने सामग्री उपलब्ध गराउँदै आएको र आगामी दिनहरूमा समेत सहयोग जारी रहने जानकारी गराउनु भयो।

पछिल्लो समय नारि बिकासले महिला दिदिबहिनीहरुलाई बिभिन्न सिपमुलक तालिम सङ्गै आर्थिक अवस्था कमजोर भएका दिदिबहिनीहरुलाई आर्थिक सहायता समेत गर्दै आएको छ।

बिज्ञापन
१८ भाद्र २०८१, मंगलवार ०८:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर