रुपैडिहाबाट ठूलो परिमाणमा अफिमसहित श्रीमान-श्रीमती पक्राउ

२७ भाद्र २०८१, बिहीबार ०३:३१

२७, भाद्र २०८१

बिज्ञापन

बाँके ।भारत-नेपाल सीमा क्षेत्रमा अवैध लागूऔषध ओसारपसार रोक्न सशस्त्र सीमा बल (एसएसबी) को सक्रियता बढ्दै गएको छ। एसएसबी ४२ औं बटालियनका कमाण्डेन्ट गंगासिंह उदावतको निर्देशनमा, इन्स्पेक्टर सत्येन्द्र सिंहको नेतृत्वमा रुपैडिहा क्षेत्रमा सघन चेकिङ अभियान सञ्चालन गरिएको छ। उक्त अभियानमा ठूलो मात्रामा अवैध लागूऔषध अफिम बरामद भएको छ।

बिज्ञापन

बुधबार गरिएको चेकिङको क्रममा एक नेपाली श्रीमान-श्रीमतीलाई २ किलो १६० ग्राम अफिमसहित पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा पक्राउ परेकाहरूमा रुकुम, सिस्ने गाउँपालिका वडा नं ५ का ५० वर्षीय बरिलाल घर्ती र उनकी ३९ वर्षीया श्रीमती नरमाया घर्ती रहेको खुलासा भएको छ। उनीहरूको साथबाट अफिमसहित दुई थान एन्ड्रोइड मोबाइल पनि बरामद गरिएको भारतीय प्रहरीले जानकारी दिएको छ।

यस सफल कारबाहीमा एसएसबी ४२ औं बटालियनका इन्स्पेक्टर सत्येन्द्र कुमार सिंहको नेतृत्वमा सहायक उपनिरीक्षक सन्तोष कुमार विश्वास, उपेन्द्र सिंह, हेड कन्स्टेबल गजेन्द्र सिंह, शकील अहमद अन्सारी, हवल्दार कमलेश कुमार, सविता दास, टी. यमुना, सुप्रिया भारती, मोहिनी र कुकुर ह्यान्डलर मोहम्मद फारुकको टोलीले महत्वपूर्ण भूमिका निभाएको बताइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाइएको छ।

बिज्ञापन

 

 

२७ भाद्र २०८१, बिहीबार ०३:३१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर