ट्याङ्कर चालकहरूको न्यूनतम पारिश्रमिकको माग:आन्दोलनको चेतावनी

२९ भाद्र २०८१, शनिबार १४:२१

२९,भाद्र २०८१ बाँके।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले नेपाल आयल निगम लिमिटेडलाई सम्बोधन गर्दै ट्याङ्कर चालक तथा सहचालकहरूको न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधाको माग राख्दै पत्र पठाएको छ। लामो समयदेखि पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न रहेका चालक तथा सहचालकहरूले राज्यले तोकेको न्यूनतम पारिश्रमिक नपाएको र त्यसका कारण जीवन निर्वाह गर्न कठिनाइ भइरहेको संगठनले जनाएको छ।

बिज्ञापन

पत्रमा श्रम ऐन २०७४ अनुसार ट्याङ्कर चालक तथा सहचालकहरूलाई रोजगार सम्झौतासहित कानुनअनुसारका सेवा सुविधाहरू दिनुपर्ने माग गरिएको छ। मागमा निम्न विषयहरू समावेश छन्: १) राज्यले निर्धारण गरेको न्यूनतम पारिश्रमिकअनुसार तलब र भत्ता दिनुपर्ने।
२) रुट अनुसारको खाजा भत्ता उपलब्ध गराउनुपर्ने। ३) सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागी गराउनुपर्ने।
संगठनले यी माग पूरा नभएमा आगामी असोज १० गतेदेखि चरम आन्दोलन गर्ने चेतावनी दिएको छ। साथै, आन्दोलनका कारण लुम्बिनी प्रदेशमा पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध हुने सम्भावना रहेको संगठनको भनाइ छ। यदि मागहरू पूरा गरिएन भने २०८१ भदौ ३० गते आइतवारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गर्न बाध्य हुने चेतावनी पनि पत्रमा समावेश गरिएको छ।

बिज्ञापन

उक्त पत्र नेपाल आयल निगम लिमिटेड, ट्याङ्कर इकाई समिति राँझा एयरपोर्ट नेपालगञ्ज, इन्धन डिपो नेपालगञ्ज, जिल्ला प्रशासन कार्यालय बाँके, श्रम तथा रोजगार कार्यालय बाँके, र सामाजिक सुरक्षा कोषको कार्यालय बाँकेलाई बोधार्थ पठाइएको छ। संगठनका अध्यक्ष कविराम पुनले पत्रमा हस्ताक्षर गरेका छन्।भने सचिब जगत थापा ले नेतृत्व गर्नुभएको छ।

बिज्ञापन
२९ भाद्र २०८१, शनिबार १४:२१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर