दाङमा फोहरबाट सङ्कलित बोतल बिक्री गरी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

१८ भाद्र २०८१, मंगलवार ०५:०८

१८ भदौ, २०८१

बिज्ञापन

दाङ। फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई कपी र कलम वितरण गरिएको हो।

बिज्ञापन

सफाइ अभियानका संयोजक निमबहादुर बुढाथोकीका अनुसार, यस सरसफाइ अभियानले १६४ औँ हप्तामा प्रवेश गरेको छ। “हाम्रो सरसफाइ अभियानले तुलसीपुरमा प्रत्येक हप्ता सरसफाइ गर्दै आएको छ, र यस क्रममा फेला परेका पानीका बोतललाई बेचेर विपन्न विद्यार्थीलाई सहयोग गर्दै आएका छौँ,” उहाँले भन्नुभयो।

सोमबार विद्यालयमै आयोजित कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको थियो। विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीका अनुसार, उक्त विद्यालयमा धेरैजसो विद्यार्थी सहाराविहीन र आर्थिक अवस्था कमजोर भएका छन्। “आर्थिक रुपमा कमजोर विद्यार्थीलाई यसरी सहयोग गर्नुले उनीहरूमा थप हौसला बढ्ने गर्छ,” प्रधानाध्यापक केसीले बताउनुभयो।

बिज्ञापन

बालकल्याण प्रावि डाँडापातु विद्यालय विसं २०४५ मा स्थापना भएको हो र शिशुदेखि कक्षा ५ सम्मका ८८ विद्यार्थीहरू यहाँ अध्ययन गर्छन्। विद्यालयमा सातजना शिक्षक कार्यरत छन्।

१८ भाद्र २०८१, मंगलवार ०५:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर