भदौं १९, २०८१
बिज्ञापन
सुर्खेत ।प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको तीज विशेष कार्यक्रममा पत्रकार महिला छमछमी नाचेका छन् । चौतारीले हरितालिका तीज पर्वको अवसर पारेर महिला पत्रकारहरु वीच आपसी सद्भाव स्थापित गराउन भेटघाट, शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
बिज्ञापन
बुधबार वीरेन्द्रनगरमा चौतारीको तीज विशेष कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य नवराज रावतले पछिल्लो समय तीज भड्किलो, चड्किलो खर्चिलो बन्दै गएकोले मौलिकतालाई बचाउँदै तीज पर्व मनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराएर दुःख सुख साट्ने अवसर दिनु सुःखद पक्ष भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उपसचिव पद्मा खड्काले तीज महिलाहरुको विशेष पर्व भएकोले चौतारीले आफ्ना संगठन भित्रका महिलाहरुसँगै विभिन्न पेशा तथा व्यबसाय गर्दै आएका महिलालाई समेटेर तीज विशेष कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
बिज्ञापन
नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले संगठनलाई बलियो, क्रियाशील र चलायमान बनाउन फरक–फरक गतिविधिले नयाँ जोस, जाँगर आउने गरेको बताउनु भयो । प्रेस चौतारी कर्णाली प्रदेशका अध्यक्ष प्रकाश अधिकारी, सुर्खेत जिल्ला अध्यक्ष गोविन्द खत्री एवं जिल्ला सचिव मुना हमाललगायतले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्