गाई हत्यामा संलग्न ४ जना पक्राउ

२३ भाद्र २०८१, आईतवार ०६:४२

२३,भाद्र २०८१ झापा।जिल्ला प्रहरी कार्यालय झापाले दमक नगरपालिकामा घटेको गाई हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ भदौ १८ गते राति दमक नगरपालिका वडा नं. १ स्थित लछुमन बिष्टको गोठबाट गाई चोरी गरी १०० मिटर पूर्व रहेको खाली प्लटिङ्गमा लगि हत्या गरिएको थियो। उक्त गाई २ महिनाको गर्भवती समेत रहेको बताइएको छ।

बिज्ञापन

प्रहरीले घटनामा संलग्न निम्न व्यक्ति प्रेम बहादुर बिष्ट (४४) – भुटानी शरणार्थी शिविर, दमक-२. खगेन्द्र दलाल (३८) – भुटानी शरणार्थी शिविर, दमक-३ बिधान थापा (३२) – भुटानी शरणार्थी शिविर, दमक-३, गिता श्रेष्ठ (४५) – दमक नगरपालिका वडा नं. ४लाई भदौ २१ गते पक्राउ गरेको हो।

बिज्ञापन

 

घटनास्थलमा प्रयोग भएको खुकुरी, बन्चरो, र मासु बोक्न प्रयोग गरिएको झोला बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका सबै व्यक्ति यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ।

बिज्ञापन
२३ भाद्र २०८१, आईतवार ०६:४२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर