२३, भाद्र २०८१
बिज्ञापन
काठमाडौं।काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१, सुन्दरीजलस्थित ढुङ्गाको चेपमा महिलाको शव फेला परेको घटनामा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
मिति २०८१ साल भदौ २० गते, राति करिब ९:४५ बजे शव फेला परेको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटाई अनुसन्धान सुरु गरिएको थियो। घटनास्थलको अवस्थालाई शंकास्पद देखेर थप अनुसन्धान अघि बढाइएको थियो, तर तत्काल मृतकको पहिचान खुल्न नसकेको थियो।
बिज्ञापन
प्राविधिक विश्लेषण र मानविय सूचनाको आधारमा प्रहरीले मिति २०८१ साल भदौ २२ गते, काठमाडौंको बसुन्धारा क्षेत्रबाट घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा सर्लाही, चक्रघट्टा गाउँपालिका-३ निवासी ४० वर्षीय राम बिनय महरा र सर्लाही, बसगरिया गाउँपालिका-५ निवासी २४ वर्षीय सन्तोष राम महरा रहेका छन्।
शवको पहिचान सिराहा जिल्ला घर भएकी राम दुलारीको रूपमा भएको छ, जो हाल बसुन्धारा-३, काठमाडौंमा बस्दै आएकी थिइन्। हालसम्म मृतकका परिवार वा आफन्तको सम्पर्कमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्