संविधान सभा अध्यक्ष नेम्वाङको प्रथम स्मृती दिवस:मुख्यमन्त्री आचार्यद्वारा  श्रद्धाञ्जली व्यक्त

२६ भाद्र २०८१, बुधबार ०८:२२
२६, भाद्र २०८१
बाँके ।लुम्बिनी  प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। यस अवसरमा लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा आयोजित श्रद्धाञ्जली समारोहमा उपस्थित भइ मुख्यमन्त्री आचार्यले नेम्वाङको अतुलनीय योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो।
नेम्वाङले नेपाली राजनीतिलाई सही दिशा दिन संविधानसभा अध्यक्षको जिम्मेवारीसहित महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।। उहाँ २०४८ र २०५१ मा राष्ट्रियसभा सदस्य, २०५६, २०७४, र २०७९ को संसदीय निर्वाचन, साथै २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा इलामबाट विजयी हुनु भएको थियो।
उक्त श्रद्धाञ्जली समारोहमा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर, तथा अन्य प्रदेशसभा सदस्यहरूले पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

बिज्ञापन

बिज्ञापन

२६ भाद्र २०८१, बुधबार ०८:२२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर