सरला सुवेदी
२६, भाद्र २०८१
बाँके । बाँकेको नेपालगन्ज र कोहलपुरको बजारमा जुम्लाबाट ल्याइएका स्याउहरू व्यापक रूपमा बिक्री भइरहेको छ। अहिले हरेक फलफूल पसलमा जुम्ली स्याउ मात्र देख्न सकिन्छ। करिब एक महिनाअघि नेपालगन्ज र कोहलपुरका बजारमा भित्रिएको जुम्ली स्याउले यहाँ राम्रो बजार लिएको व्यापारीहरूले बताएका छन्।
बिज्ञापन
कोहलपुरकि फलफूल व्यापारी बिन्दु गौतमले सुरुमा जुम्ली स्याउको मूल्य प्रतिकिलो २०० देखि २२० रुपियाँसम्म थियो भने हाल घटेर १२० देखि १३० रुपियाँसम्ममा विक्री भइरहेको छ। “अहिले जुम्ली स्याउको माग अझ बढेको छ, मूल्य घटेपछि ग्राहक पनि बढेका छन्,” गौतमले भन्नुभयो।
बिज्ञापन
भारत र चीनबाट आयात गरिने स्याउहरूको तुलनामा अहिले नेपालगन्ज बजारमा जुम्ली स्याउले पूर्ण रूपमा कब्जा जमाएको छ। फलफूल व्यापारी घनश्याम गिरिले पनि जुम्ली स्याउको माग बढेको र भारतीय स्याउ बजारमा देखिन छाडेको बताउनुभयो। चाइनिज फुजी स्याउ केही मात्रामा बिक्री भइरहेको भए पनि, अधिकांश ग्राहकले जुम्ली स्याउ नै रोजिरहेको गिरिको भनाइ छ।
बिज्ञापन
नेपालगन्जका समिर खानले जुम्ली स्याउको स्वाद अन्य स्याउको तुलनामा धेरै राम्रो रहेको बताउनुभएको छ। “मैले पहिले २२० रुपियाँमा जुम्ली स्याउ किन्थेँ, अहिले भने १०० रुपियाँमै पाउँछु,” उहाँले भन्नुभयो ।
बाँके को नेपालगन्ज बजारका मुख्य क्षेत्रहरू पुष्पलालचोक, धम्बोझीचोक,बिपीचोकलगायतका स्थानहरूमा ठेलामा समेत जुम्ली स्याउ मात्र विक्री भइरहेको छ भने कोहलपुरको न्युरोड बसपार्क साइड दशबिगाह कृषिहाट बाजार आसपास। फलफूल व्यापारीहरूले ग्राहक हेरेर मूल्य निर्धारण गरिरहेको भए पनि जुम्ली स्याउको बढ्दो लोकप्रियता स्पष्ट देख्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्