बाँकेमा औलो रोगका बिरामीहरु बढ्दै, नियन्त्रणमा चुनौती

२६ भाद्र २०८१, बुधबार ०८:५३

२६, भाद्र २०८१

बिज्ञापन

बाँके ।बाँके जिल्लामा पछिल्लो चार वर्षदेखि औलो रोगका बिरामीहरुको सङ्ख्या निरन्तर बढिरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार बाहिरबाट आएका व्यक्तिहरूबाट आयातित संक्रमणका कारण औलो रोग फैलिरहेको हो, जसले जिल्लालाई अझ जोखिमपूर्ण बनाएको छ।

बिज्ञापन

विगत चार वर्षको तथ्याङ्कले औलो रोगको जोखिम कायमै रहेको देखाउँछ। आर्थिक वर्ष २०७६/०७७ मा ५६ जना, २०७७/०७८ मा ४२ जना, २०७८/०७९ मा १०६ जना, २०७९/०८० मा १२२ जना र २०८०/०८१ मा १६२ जनामा औलो रोग पुष्टि भएको थियो।

विशेष गरी नरैनापुर गाउँपालिकामा बढी सङ्क्रमण देखिएको छ। गत आर्थिक वर्षमा नरैनापुरमा १३१ जना बिरामी फेला परे, जबकि राप्तीसोनारी, डुडुवा, नेपालगन्ज र कोहलपुरमा पनि थोरै सङ्ख्यामा बिरामीहरू भेटिएका छन्। यो क्रमले नेपाल सरकारको २०२५ सम्म औलो उन्मूलनको लक्ष्यमा चुनौती उत्पन्न गरेको छ।

बिज्ञापन

फोकल पर्सन गौतमका अनुसार, औलो नियन्त्रणका लागि उच्च, मध्यम र न्यून जोखिम क्षेत्रहरू वर्गीकृत गरी विषादीयुक्त झुल वितरण, लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने, र समुदायमा रगत परीक्षणजस्ता उपायहरू अपनाइएका छन्। तर, स्थानीयहरूले प्रारम्भिक अवस्था मै स्वास्थ्य संस्थामा चेकजाँच नगराउनु र निजी अस्पतालमा जानुले रोग नियन्त्रणमा कठिनाइ आएको उहाँले बताउनु भयो।

 

२६ भाद्र २०८१, बुधबार ०८:५३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर