जीवन ज्योति स्कुलमा चन्दा माग्ने समूहको धम्की, विद्यालय प्रशासनको गम्भीर ध्यानाकर्षण

२६ भाद्र २०८१, बुधबार १०:३९

 

बिज्ञापन

सरला सुवेदी
२६, भाद्र २०८१

बिज्ञापन

बाँके ।कोहलपुर-१०, बाँकेमा रहेको जीवन ज्योति स्कुल, एक गैर नाफामूलक शैक्षिक संस्था, हालै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) द्वारा लक्षित विज्ञप्तीका कारण चर्चामा आएको छ। १२ वर्षदेखि गुणस्तरीय र सुलभ शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले आफूलाई लक्षित गर्दै जारी गरिएका प्रचारलाई गलत करार गर्दै आफ्नो प्रष्टिकरण दिएको छ।

बिज्ञापन

 

विद्यालयले कोहलपुर नगरपालिकाको नीतिगत परिधिमा रही काम गरिरहेको र न्यूनतम १५ प्रतिशत छात्रवृत्तिको सट्टा दोब्बर छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताएको छ। साथै, विद्यालयले अभिभावक भेलाबाट अनुमोदित शुल्कबाट पढाइ गराउँदै आएको र कुनै धार्मिक गतिविधिमा विद्यार्थीलाई संलग्न नगर्ने स्पष्ट नीति लिएको छ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) द्वारा विद्यालयमा ५० हजारभन्दा बढी रकम अनिवार्य रूपमा चन्दा माग गरिँदा विद्यालयले सो रकम नदिएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) का केन्द्रिय उप-सचीव तुलसिमणि केसि बाँके जिल्ला पुर्व अध्यक्ष एवम् केन्द्रिय सदस्य महेश बस्नेत र बिनोद शर्मा लगायतको टिमले धम्की दिएको हो। विद्यालयले प्रहरी प्रशासनको सहयोगमा सो समूहलाई विद्यालय परिसरबाट बाहिर पठाएको जानकारी पनि दिएको छ।

विद्यालयका प्रिन्सिपल फाजोमन जेम्सले जारी गरेको विज्ञप्तीमा सो संगठनको गतिविधि गैरकानुनी र असभ्य भएको उल्लेख गर्दै, विद्यालयमा कुनै पनि अवान्छित गतिविधि भएमा सम्बन्धित पक्ष जिम्मेवार हुने चेतावनी दिइएको छ।

 

२६ भाद्र २०८१, बुधबार १०:३९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर