२६, भाद्र २०८१
बिज्ञापन
बाँके । बाँकेको राप्तीसोनारीस्थित विनौना चोकमा २०८१ भदौ १ गते भएको घटनामा युवासंघका बाँके जिल्ला अध्यक्ष ज्ञानेन्द्रराज वलीलाई फसाउन खोजिएको आरोप लगाउँदै नेपालगन्जमा विरोध र्याली गरिएको छ।
बिज्ञापन
युवासंघ बाँकेले वलीलाई व्यक्तिगत र सामाजिक जीवन समाप्त गर्ने नियतले सुनियोजित तरिकाले घटनास्थलमा अनुपस्थित रहेका व्यक्तिहरूलाई सनाखत गराइएको दाबी गरेको छ। घटनामा निष्पक्ष छानबिन नभएको भन्दै विरोध प्रदर्शनका क्रममा “चोर डिएसपी मुर्दावाद”, “घुस्याहा डिएसपी मुर्दावाद” जस्ता नारा लगाउँदै स्थानीयले कोहलपुर ईलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीको राजीनामाको माग गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले स्थानीय प्रहरी प्रशासनको भूमिका शंकास्पद रहेको भन्दै निर्दोष व्यक्तिलाई फसाउने र अदालतलाई भ्रमित पार्ने प्रयास भएको आरोप लगाएका छन्। डिएसपी भण्डारीले एकपक्षीय रूपमा मोटो रकमको चलखेल गर्दै घटनाको छानबिनमा अन्याय गरेको आरोपसमेत लागेको छ।
बिज्ञापन
राप्तीसोनारी गाउँपालिकाका स्थानीयहरूले घटनास्थलमा मुचुल्का उठाउने क्रममा वलीविरुद्ध मात्र प्रमाण संकलन गरिएको र निष्पक्ष सुनुवाइको माग गर्दै उचित कारवाही नभए देशव्यापी आन्दोलनको चेतावनीसमेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्