बाँके जिल्ला अदालतद्वारा राप्तीसोनारी घटनाका पाँच जनालाई थुनामा राख्न आदेश

३० भाद्र २०८१, आईतवार १४:२०

३०, भाद्र २०८१

बिज्ञापन

बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिकामा भएको ज्यान मार्ने उद्योगसम्बन्धी घटनामा पक्राउ परेका पाँच जनालाई थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश दिएको छ। अदालतको आजको थुनछेक आदेशअनुसार प्रतिवादीहरु वामे भन्ने चुडामणी वली, विशाल बस्नेत, ज्ञानेन्द्र राज वली, रत्न बहादुर भण्डारी र लोकेन्द्र डाँगी भन्ने लोक बहादुर डाँगीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो।

बिज्ञापन

 

यस घटनामा सन्दिप बिष्ट र सुलभ मल्लमाथि एक समूहले खुँडा र खुकुरी प्रहार गरेका थिए। बिष्ट र मल्ल दुवैजना क्रमशः राप्तीसोनारी गाउँपालिका– २ र बैजनाथ गाउँपालिका– ७ का निवासी हुन्। प्रहरीका अनुसार उनीहरूलाई गम्भीर घाइते बनाउने उद्देश्यले उक्त आक्रमण भएको थियो। घटनापछि तत्कालै वडाध्यक्ष सन्दिप ओलीसहित रत्न भण्डारी र सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो।

बिज्ञापन

 

प्रहरीले अन्य पाँच जना फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ। फरार रहेका अभियुक्तहरूलाई चाँडै कानुनी कारबाहीमा ल्याइने विश्वास लिएको छ। यस घटनाले बाँकेको शान्ति सुरक्षामा थप प्रश्न उठेको छ भने स्थानीय जनतामा त्रास र असुरक्षाको भावनालाई बल दिएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न मुख्य अभियुक्तहरूको बयान संकलन गरिसकिएको छ र थप अनुसन्धान भइरहेको छ। अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि घटनाको अनुसन्धानमा सहजता आउने अपेक्षा गरिएको छ।

 

यसैबीच, बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ र समुदायमा शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। स्थानीय बासिन्दाले भने न्यायको अपेक्षा राख्दै दोषीलाई कडा सजायको माग गरेका छन्।

 

३० भाद्र २०८१, आईतवार १४:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर