मोहम्मद ‘डे’ को अवसरमा बाँकेका तिन पालिकाले दिए सार्वजनिक विदा

३० भाद्र २०८१, आईतवार १२:०५

सरला सुवेदी
३०,भाद्र २०८१
बाँके।इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मदिनको अवसरमा बाँकेका तिन पालिकाले सार्वजनिक विदाको घोषणा गरेका छन् ।

बिज्ञापन

बाँकेको नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालि र जानकि गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेका छन्। यस अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई विश्वलाई शान्ति, अहिंसा र सहिष्णुताको बाटोमा अग्रसर गराउन पैगम्बर मोहम्मदको प्रेरणादायी जीवनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

बिज्ञापन

नरैनापुर गाउँपालिकाले एक सूचना जारी गर्दै सोमबारको दिन सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक), सामुदायिक विद्यालयहरू, र अन्य सबै सार्वजनिक निकायहरूमा १ दिनको सार्वजनिक विदा दिने निर्णय गरेको छ। यस कदमले गाउँपालिकाभित्रका इस्लाम धर्मावलम्बी समुदायलाई पैगम्बर मोहम्मदको जन्मदिन विशेष रुपमा मनाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

बिज्ञापन

त्यस्तैगरी, बाँकेको नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाले पनि विदा घोषणा गरेका छन्। जानकी गाउँपालिकाले जारी गरेको सूचनामा अत्यावश्यक स्वास्थ्य सेवा बाहेक अन्य सबै वडा कार्यालयहरू तथा शैक्षिक संस्था पनि सोमबार बन्द रहने जनाइएको छ। यस विदाले धर्मावलम्बी समुदायलाई धार्मिक तथा सांस्कृतिक महत्वका दिनहरूमा छुट्टी दिने परम्परालाई निरन्तरता दिएको छ।

विदाका कारण स्थानीय प्रशासनले अन्य सेवाहरूमा कुनै अवरोध नआउने व्यवस्था मिलाइएको छ भने समुदायले यो अवसरलाई शान्तिपूर्ण र सौहार्द्रपूर्ण वातावरणमा मनाउने अपेक्षा गरिएको छ।

 

३० भाद्र २०८१, आईतवार १२:०५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर