अदालतभित्र बहस: अदालतबाहिर दुबै पक्षको धर्ना

३० भाद्र २०८१, आईतवार ११:४३

३०,भाद्र २०८१ बाँके।बाँकेको राप्तीसोनारी गाउँपालिकामा भदौ १ गते राति भएको खुकुरी हानाहान घटनाको सम्बन्धमा जिल्ला अदालत नेपालगन्जमा थुनछेक बहस जारी छ। घटनाको विषयमा बहस चलिरहेका बेला अदालतबाहिर पीडित र आरोपी पक्षले धर्ना दिएका छन्। दुवै पक्षले एकअर्कालाई झूटो आरोप लगाएको दाबी गर्दै न्यायका लागि धर्ना दिइरहेका छन्।

बिज्ञापन

अदालत प्रवेशद्वारको दुईतर्फ दुवै पक्षले ब्यानरसहित भुइँमा बसेर विरोध जनाइरहेका छन्। एक पक्षले घटनामा संलग्न रहेको आरोप लगाइएका एमाले बाँकेका युवा संघका अध्यक्ष ज्ञानेन्द्र वलीसहित ६ जनालाई निर्दोष भएको भन्दै धर्ना दिइरहेको छ भने अर्को पक्षले उनीहरूलाई घटनामा संलग्न ठहर गर्दै न्यायको माग गरिरहेको छ।

बिज्ञापन

प्रहरी टोलीले स्थिति नियन्त्रणमा राख्दै दुवै पक्षलाई प्रत्यक्ष सम्पर्कमा आउनबाट रोकिरहेको छ। घटनामा घाइते भएका सन्दिप विष्ट र सुलभ मल्लको उपचार भारतमा भइरहेको छ।

बिज्ञापन

थुनछेक बहसलाई प्रभाव पार्न दुवै पक्षले अदालतबाहिर धर्ना दिएको बताइएको छ। बहसले घटनाको सत्यता केलाउँदै अघि बढिरहेको छ भने सामाजिक र राजनीतिक पक्षमा पनि यसले चासो सिर्जना गरेको छ। अदालतको निर्णयले यस घटनामा रहेका विवादलाई समाधान गर्ने अपेक्षा गरिएको छ।

 

३० भाद्र २०८१, आईतवार ११:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर