असोज ४, २०८१
बिज्ञापन
सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेश सरह संघीय सरकारले बाँडफाँड गर्ने राजश्व कर्णालीका लागि न्यायोचित नभएको बताउनु भएको छ । आज सुर्खेतमा आयोजित संघीय सबलिकरण सम्बन्धि प्रदेशस्तरिय कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले भुगोल र पिछडिएको प्रदेशका रुपमा रहेको कर्णालीलाई संघीय सरकारले अन्य प्रदेश सरह राजस्व बाँडफाँड गर्दा न्यायोचित नहुने बताउनु भएको हो ।
बिज्ञापन
उहाँले संघीयता कार्यान्वयन महत्वपूर्ण पक्षको रुपमा रहेको वित्तिय संघीयताको विषयमा संघीय सरकार थप उद्दार हुनुपर्नेमा जोड दिनु भयो । संघीयतापछि प्रदेशमा नागरिकका अपेक्षा र आवश्यकता बढेका बताउँदै उहाँले आम्दानीको अवस्था भने न्यून रहेकाले संघीय सरकारले दिने कार्यक्रम र अनुदानलाई बढाउनै पर्ने बाध्यता रहेको बताउनु भयो । जनताको अपेक्षा र आवश्यकता बढदै जाँदा स्रोतको अभावमा जनताका यथोचित आवश्यकता पुरा गर्न नसकिएको उहाँको भनाई थियो ।
बिज्ञापन
मुख्यमन्त्री कँडेलले संघीयताका तीन महत्वपूर्ण पक्षमध्ये राजनीतिक, प्रशासनिक र वित्तीय संघीयताका विषयमा प्रमुख दलका शीर्ष नेतृत्वले विशेष ध्यान दिन आवश्यक रहेको औल्याउनु भयो । पछिल्लो समय संघीय संरचनामाथि विभिन्न हिसाबले प्रश्नहरु खडा भइरहेको तर्फ संकेत गर्दे उहाँले केही कमीकमजोरी भएपनि अहिलेनै संघीयताको विषयमा पुर्नविचार गर्ने बेला भइनसकेको जिकिर गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्