३०, असोज २०८१
बिज्ञापन
बाँके ।आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनले यसपटक कोहलपुरका उद्योगि व्यवसायि मतदाताको विशेष ध्यान खिचेको छ। पहिलो पटक महिलाको नेतृत्वमा हुन लागेको यो चुनावले व्यवसायीहरूको बीचमा निकै उत्साह थपेको छ। उम्मेदवारहरू भन्दा बढी मतदाताहरू सक्रिय देखिएका छन्, जसले चुनावी प्रक्रियामा सहभागिता जनाउन उत्साहित छन्।
बिज्ञापन
प्रगतिशील व्यवसायी समूहले मतदाता शिक्षा अभियानलाई तीव्रता दिएको छ। अन्जना धितालको नेतृत्वमा रहेको यो समूहले घरदैलो अभियानमार्फत मतदाताहरूसम्म निर्वाचनका विविध पक्षहरू पुर्याएको छ। मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ र १२ मा सञ्चालन गरिएको अभियानमा विशेष भूमिका निर्वाह गरिएको थियो। यसले मतदाताहरूलाई आफ्नो मताधिकारको महत्व बुझाउन र सही निर्णय लिन प्रेरित गरेको छ।
बिज्ञापन
कोहलपुर वडा नं. १२ का व्यवसायी भोला प्रसाद खनालले आफ्नो मत प्रयोग गरेर योग्य उम्मेदवारलाई चयन गर्नुपर्नेमा जोड दिएका छन्। “मतदान हाम्रो जिम्मेवारी हो र यसले भविष्यको नेतृत्व निर्धारण गर्नेछ,” उनले भने। त्यस्तै, वडा नं. ११ दशबिगाहका दीपक ढुङ्गानाले सही उम्मेदवारको चयन गर्नुपर्नेमा ध्यान दिन आग्रह गरे। यस अभियानले सही जानकारी प्रदान गरेर मतदाताको निर्णयलाई सजिलो बनाएको उनले बताए।
मतदाता शिक्षा अभियानले चुनावी उत्साहलाई थप उचाइमा पुर्याएको छ। मतदाताहरूले यो निर्वाचनलाई स्थानीय व्यवसायहरूको भविष्यसँग जोडेर हेरिरहेका छन्। अबको केही दिनमा निर्वाचनको नतिजा मात्र होइन, यसले स्थानीय व्यवसायको भविष्यमा पनि गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्