२५,भाद्र २०८१ बाँके।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. २ मा कर्णाली नदी किनारमा अन्दाजी ३०/३५ वर्षको एक पुरुषको शव फेला परेको छ। हालसम्म पहिचान खुल्न नसकेको उक्त शवलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले घटनास्थलबाट बरामद गरेको छ।
बिज्ञापन
प्रहरीका अनुसार, मृतकले JACK/JONES लेखिएको रातो सेतो ठूला पट्टा भएको टिशर्ट लगाएको थियो भने कम्मर मुनि कुनै लुगा थिएन। दाहिने हातको नाडीमा तीन वटा रातो, निलो, र रातो रंगका तारा आकारका ट्याटू खोपिएका छन्। साथै, दाहिने हातको पञ्जामा A, R, J, U, N अक्षरहरु निलो/कालो रंगले खोपिएका छन्। मृतकको उचाई करिब ५ फिट ५ इन्च रहेको प्रहरीको भनाइ छ।
बिज्ञापन
शवलाई हाल बर्दिया जिल्ला अस्पताल, गुलरियाको शवगृहमा राखिएको छ। घटनाको अनुसन्धान जारी रहेको र पहिचानका लागि थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्