मुख्यमन्त्री आचार्यद्वारा मिडियालाई सुशासन र सुधारको लागि खबरदारी गर्न आह्वान

२५ भाद्र २०८१, मंगलवार ०८:४४

 

बिज्ञापन
२५,भाद्र २०८१
दाङ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सुशासन, सामाजिक न्याय र समाज रूपान्तरणका लागि निरन्तर खबरदारी गर्न आह्वान गर्नुभएको छ। उहाँले मिडियालाई तथ्यमा आधारित भएर पारदर्शिता, जवाफदेहीता, र भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई आलोचना गर्न आग्रह गर्नुभएको छ।
मंगलबार नेपाल पत्रकार महासंघ दाङ शाखाद्वारा आयोजित मिडिया मन्थन पुस्तक विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले सुधारका लागि मिडियाको आलोचना महत्वपूर्ण हुने बताउनु भयो। “सरकार सच्चिन चाहन्छ, त्यसैले तथ्यमा आधारित आलोचना गर्नुस्, हामी तयार छौं,” उहाँले भन्नुभयो।
आचार्यले सरकारको नियतमा खोट नभएको र कुनै कमीकमजोरी भए सच्च्याउन तयार रहेको जनाउँदै, मुख्यमन्त्री र मन्त्रीहरूको नाममा हुने फजुल खर्चलाई नियन्त्रण गर्न आचारसंहिता लागू गरिएको बताउनुभयो।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना प्रवाहमा जोड दिँदै मिडियाको भूमिकालाई समाज रूपान्तरणका लागि अत्यावश्यक रहेको बताउनु भयो। कार्यक्रममा विभिन्न प्रमुख व्यक्तिहरूले पनि मिडियाको सही दिशा निर्देशनमा महत्वपूर्ण भूमिका रहेकोमा जोड दिएका थिए ।

बिज्ञापन

२५ भाद्र २०८१, मंगलवार ०८:४४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर