जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्रविरुद्ध राप्रपाका सहायक महामन्त्रीको आक्रोश

२५ भाद्र २०८१, मंगलवार ०९:३७

आशिष मल्ल ठकुरी 
२५,भाद्र २०८१ बाँके।बाँके जिल्ला प्रशासन कार्यालयले धार्मिक पर्वहरूमा गेट निर्माणमा रोक लगाउने निर्णय गरेको पत्र जारी गरेपछि राप्रपाका सहायक महामन्त्रीले त्यसप्रति गहिरो असन्तोष व्यक्त गरेका छन्। उनले उक्त पत्रलाई “अत्यन्तै गैर जिम्मेवारीपूर्ण” भन्दै आफ्नो आक्रोश प्रकट गरेका हुन्।

बिज्ञापन

बिज्ञापन

सहायक महामन्त्रीले भने, “कहिल्यै नभएको जात्रा हाडी गाँउमा भएको छ। यो जिल्ला विभिन्न धर्म र सम्प्रदायको मिलन स्थल हो, जहाँ परम्परागत रूपमा चाडपर्वहरूमा गेट र ब्यानरहरू प्रयोग गरी मौलिकता र सद्भाव झल्काइन्छ। यस्ता संरचनाले कुनै धार्मिक द्वन्द्व निम्त्याएको छैन, तर सुरक्षा निकायले उल्टो यसलाई द्वन्द्वको कारण बताउँदै त्यसमा अंकुश लगाउने निर्णय गर्नु गैर-स्वीकार्य छ।”

उनले सुरक्षा निकायको मुख्य काम भनेको जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नु हो भन्दै, “गेटहरूले कुनै द्वन्द्व सिर्जना गरेका छैनन्, त्यसैले सुरक्षा निकायले यसबाट डराउनुपर्ने कारण छैन,” भने।

बिज्ञापन

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत बाँके जिल्ला प्रशासन कार्यालयले मिति २०८१/०५/२० मा जारी गरेको पत्रमा धार्मिक पर्वका क्रममा निर्माण गरिएका गेटहरूलाई हटाउन सुरक्षा निकायसँगको समन्वयमा तुरुन्त व्यवस्था गर्न आग्रह गरिएको छ। साथै, आगामी दिनमा यस्ता संरचना निर्माण गर्नु परेमा स्थानीय तहको सिफारिससहित प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्ने पनि उल्लेख गरिएको छ।

यस निर्णयप्रति असन्तुष्टि जनाउँदै राप्रपाका सहायक महामन्त्रीले जिल्लामा धार्मिक सौहार्द्र कायम राख्न आग्रह गरेका छन् र प्रशासनको कदमलाई पुनर्विचार गर्नुपर्ने बताएका छन्। जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय बिरुद्द सामाजिक सन्जालमा बुद्दिजिवी र सर्बसाधारण व्यक्ति हरुले पनि आलोचना मात्र गरेका छन् । सबैले यो निर्णयलाई सच्याउन आग्रह समेत गरेका छन् ।

२५ भाद्र २०८१, मंगलवार ०९:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर