बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु प्रकरण: मन्त्री बादशाह कुर्मीले राजीनामा दिए

२५ भाद्र २०८१, मंगलवार १३:१६

२०८१ भाद्र २५
बाँके । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा मुछिएका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिनुभएको छ। कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका अनुसार, कुर्मीले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा पेश गर्नुभएको हो।, यद्यपि राजीनामा स्वीकृत भएको छैन।

बिज्ञापन

 

बिज्ञापन

मन्त्री बनेपछि कुर्मीको विरुद्धमा चौतर्फी विरोध भएको थियो। स्रोतका अनुसार, कांग्रेस पार्टीको केन्द्रले मुद्दाको निष्कर्ष नआएसम्म कुर्मीलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। कुर्मी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट निर्वाचित हुनुभएको थियो।

 

बिज्ञापन

उहाँलाई कांग्रेसले साउन ९ गते बिनाविभागीय मन्त्री बनाएको थियो भने साउन १८ गते मुख्यमन्त्री आचार्यले कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सुम्पेका थिए। अहिले कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीसम्बन्धी अनुसन्धान भइरहेको छ। उहाँलाई निर्मला कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न भएको आरोप लागेको छ।

 

२५ भाद्र २०८१, मंगलवार १३:१६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर