नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा सिंहदरबारमा समसामयिक मुद्दामा ज्ञापनपत्र बुझायो

२५ भाद्र २०८१, मंगलवार १४:१४

२५,भाद्र २०८१ बाँके।नेपालगञ्ज उद्योग वाणिज्य संघले समसामयिक विषयहरूमा उठाउँदै आएको मागबारे सिंहदरबारमा भेटघाट र छलफल कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष टंकबहादुर धामीको नेतृत्वमा महासचिव भिम बहादुर रानाभाट, कार्यसमिति सदस्य विष्णु श्रेष्ठ र इन्दिरा शाही रहेको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीसँग भेट गरी सरोकारवाला मन्त्रालयहरूसँग सम्बन्धित बिषयमा छलफल गर्दै ज्ञापनपत्र बुझाएको हो।

बिज्ञापन

यस भेटघाटको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने बाकेको प्रतिनिधित्व गर्ने संघीय सांसद माननीय दिपा शर्मालाई संघले धन्यवाद ज्ञापन समेत गरेको छ।

बिज्ञापन

ज्ञापनपत्र बुझाउने क्रममा संघले बाँकेका उद्योग र व्यवसायीका समस्याहरूको समाधानमा तत्काल कदम चाल्न आग्रह गरेको थियो। संघले पछिल्ला समयका आर्थिक चुनौतीहरू, नीतिगत समस्याहरू र व्यवसायीहरूले भोगिरहेका विविध समस्याहरू समाधानको माग गरेको छ।

 

बिज्ञापन
२५ भाद्र २०८१, मंगलवार १४:१४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर