राष्ट्रिय युवा संघ नेपालको प्रेस विज्ञप्ति: बाँके घटनामा अनुचित संलग्नताबारे आपत्ति

२५ भाद्र २०८१, मंगलवार १४:२५

२५, भाद्र २०८१

बिज्ञापन

बाँके । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौना चोकमा २०८१ भदौ १ गते भएको घटनामा संघका बाँके अध्यक्ष ज्ञानेन्द्रराज वलीलाई फसाउन खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिज्ञापन

संघका उपाध्यक्ष रमेश मिजार र बाँके इन्चार्ज विपेन्द्र लामा (कालु)द्वारा हस्ताक्षरित विज्ञप्तिमा, वलीलाई व्यक्तिगत र सामाजिक जीवन समाप्त गर्ने नियतले घटनास्थलमा अनुपस्थित रहेका व्यक्तिहरूलाई सुनियोजित तरिकाले सनाखत गराइएको उल्लेख छ।

राष्ट्रिय युवा संघ नेपाल नविनता, सिर्जनशीलता, गतिशीलता, परिवर्तन र निर्माणलाई प्रतिनिधित्व गर्ने मुलुकको अग्रणी राजनीतिक युवा संगठन हो। संघले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास, र सुदृढीकरणमा सदैव प्रतिवद्ध रहेको बताएको छ।

बिज्ञापन

घटनाको निष्पक्ष छानबिनको माग गर्दै, विज्ञप्तिमा स्थानीय प्रहरी प्रशासनको भूमिका अत्यन्तै शंकास्पद रहेको र निर्दोष व्यक्तिलाई फसाउने नियतले अदालतलाई समेत भ्रमित पार्ने प्रयास भएको आरोप लगाइएको छ। संघले घटनाको निष्पक्ष र न्यायपूर्ण सुनुवाइको माग गर्दै, यदि उचित कारवाही भएन भने देशव्यापी सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ। उक्त आन्दोलनको जिम्मेवारी स्थानीय प्रहरी प्रशासनले लिनुपर्ने स्पष्ट पारिएको छ।

 

 

२५ भाद्र २०८१, मंगलवार १४:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर